घाँटीको अर्बुदरोगबाट ग्रसित राससकर्मी जलाहारीको दु:खद निधन

0

पोखरा, २३ पुस : राष्ट्रिय समाचार समिति पश्चिमाञ्चल क्षेत्रीय कार्यालय पोखरामा कार्यरत मंगलबहादुर जलाहारीको आज निधन भएको छ ।
एक वर्षयता घाँटीको अर्बुदरोग भई उपचार गराइरहेका जलाहारीको आज बिहान ५ः०५ बजे पोखरा लेखनाथ महानगरपालिका वडा नं ९ नयाँ बजारस्थित आफ्नै निवासमा निधन भएको हो ।

पिता बुद्धिबहादुर र माता सन्तमायाका कान्छा छोरा मंगलबहादुर २०४१ साल पुसदेखि हालसम्म रासस क्षेत्रीय कार्यालय पोखरामा कार्यरत हुनुहुन्थ्यो । उहाँका श्रीमती तथा एक छोरा र दुई छोरी छन् । उहाँको आजै पोखराको रामघाटमा अन्तिम संस्कार गरियो ।

Share.

Comments are closed.

error: Content is protected !!