घरमा नै यसरी तयार पार्नुहोस् लामखुट्टे मार्ने बिषादी

0

पिएनपिखबर : गर्मियाममा एउटै कुराको समस्या हुन्छ त्यो हो लामखुट्टे। लामखुट्टेका कारण मलेरिया देखि डेंगुसम्मको रोग लाग्न सक्छ। यस्तो घातक लामखुट्टे मार्न र भगाउन बजारमा थुप्रै खालको प्रोडक्टहरु पाइने गर्दछन्। ति मध्ये लामखुट्टेको धुप, शरीरमा घस्ने तेल पनि पर्दछन्। अल आउट जस्तो मेसिनहरु पनि लामखुट्टे भगाउन प्रयोग गरिन्छ। तर बजारमा पाउने महँगो समान किन्नु भन्दा पनि लामखुट्टे मार्ने सजिलो उपाय अपनाउन सकिन्छ। घरमा नै बसेर तपाई लामखुट्टे मर्ने औषधि बनाउन सक्नुहुन्छ। बिना कुनै पैसा घरमा नै बसी बसी तपाई घरमा नै प्रयोग हुने पदार्थबाट लामखुट्टेको लागि बिषादी बनाउन सक्नु हुन्छ।

यस्ता छन् घरमा नै लामखुट्टे मार्ने बिषादी बनाउने उपाय :-

चिसो पीय पदार्थको बोतलबाट तपाई घरमा नै बसेर लामखुट्टे मार्न जाल बनाउन सक्नुहुन्छ। यस्तो बोतलमा यस्तो पदार्थ हुन्छ जसले लामखुट्टेलाई आकर्षण पार्छ। साथै भित्र पसेपछि लामखुट्टेलाई निस्किन दिदैन।

तयार पार्न यस्तो चिजको आबश्यक पर्दछ :-

– चिसो पीय पदार्थको खाली बोतल

– ५०० मिलि लिटर पानी

– आधि चम्चा मह

– ब्राउन सुगर

१, सर्वप्रथम बोतललाई आधि पारेर काट्नुहोस त्यसपछि ५०० मिलि लिटर पानी र २ चम्चा ब्राउन सुगर हाल्नुहोस। त्यसपश्चात मिक्स गर्नुहोस।

२, अघि मिक्स गरिएको घोलमा १ चम्चा मह मिसाउनुहोस्। अब काटिएको बोत्तलको आधा भागलाई उल्टो गरि राख्नुहोस्। मह मिसाई बनाएको घोललाई बोत्तलको वरिपरि लगाउनुहोस् र पिधमा उक्त घोल राख्नुहोस्।

३,बोत्तलको माथिल्लो भागमा प्यकिङ्ग टेप लगाउनुहोस्। बोत्तल भित्र रहेको घोलले लामखुट्टेलाई आकर्षण गर्ने हुँदा घर भित्र आएको लामखुट्टे त्यहि बोत्तलमा आएर बस्ने गर्छ तर बाहिर निस्केर जान चाँही सकिदैन।

Share.

Comments are closed.

error: Content is protected !!