घरमा नै बसेर बनाउनुहोस स्वादिष्ट बीएलटी स्यान्डविच

0

तपाई घरमा केहि नँया खानेकुरा बनाएर खान चाहनुहुन्छ भने बीएलटी स्यान्डविच बनाउन सक्नुहुन्छ। बीएलटी स्यान्डविच बनाउने तरिका यस्तो छ :-

सामग्री : स्यान्डबिच वन १ पिस, बेकन १ सय ५० ग्राम, लेटिस ३० ग्राम, टोम्याटो ३० ग्राम, मायोनेज ५ ग्राम, साइडमा सर्भ गर्ने फ्रेन्स फ्राई ।

विधि : बेकनलाई ग्रिल गर्ने । स्यान्डबिच वनलाई ओबनमा १ मिनेट तताउने । वनलाई आधा बिचबाट काटेर त्यसमा मायोनेज लगाउने । मायोनेजमाथि लेटिस र टोम्याटो बिछ्याउने । ग्रिल गरिएको बेकनलाई टोम्याटोमाथि मिलाएर राख्ने । आधा वन टप गर्ने । यसलाई फ्रेन्च फ्राईका साथमा सर्भ गर्न सकिन्छ ।

Share.

Comments are closed.

error: Content is protected !!