घरपरिवारले प्रेम विवाह अस्वीकार गरेपछि यस्तो स्ट्याट लेखेर सम्राटले गरे आत्महत्या (स्ट्याटससहित)

0

अर्घखाँची, ५ जेठ: घरपरिवारले आफ्नो प्रेम विवाह अस्वीकार गरेकै कारण अर्घखाँचीमा एक युवकले फेसबुकमा सुसाइट नोट लेखेर अत्महत्या गरेका छन् । अर्घखाँचीको सन्धिखर्क नगरपालिका ११ का २३ वर्षीय सम्राट भुसालले सन्धिखर्कस्थित एक होटलमा झुण्डिएर आत्महत्या गरेका हुन् ।

करिब दुई हप्ताअघि प्रेम विवाह गरेका भुसालले आत्महत्या गर्नुअघि आफ्नै फेसबुकमा ‘आफूले सोचेको कुरा पूरा नभएपछि जिन्दगी जिउन धेरै गारो हुँदो रहेछ’, ‘सबैको आस मरिसक्यो अब मलाई’ जस्ता निरासाजनक स्ट्याटससमेत लेखेका थिए भने आफ्नै तस्बिरलाई हार्दिक श्रद्धाञ्जली पनि लेखेका थिए । उनका भिनाजुले स्ट्याटस देखेपछि प्रहरीलाईसमेत खबर गरेका थिए ।

बिहीबारको दिन त्रिवेणी होटलमा श्रीमती शुष्मा क्षेत्रीसँग करिब २५ मिनेट सँगै बसेका थिए । उनलाई त्यहीँ छाडेर श्रीमति फर्किएको र बेलुका आफू एक्लै बस्ने भन्दै नाम लेखाएका भुसाल शुक्रबार बिहान अबेरसम्म नउठेपछि होटलका कर्मचारी हेर्न जाँदा झुण्डिएको अवस्थामा भेटिएका थिए । होटलका कर्मचारीले त्यसलगत्तै प्रहरीलाई खबर गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय अर्घखाँचीका सूचना अधिकारी प्रदिप डिसीले उनको फेसबुक स्ट्याटस घटनाको अनुसन्धान गर्दा उनको प्रेम विवाहलाई घरपरिवारले अस्वीकार गरेकाले आत्महत्या गरेको हुन सक्ने बताए । तर, घटनाका विषयमा थप अनुसन्धान भइरहेको पनि उनले बताए ।

Share.

Comments are closed.

error: Content is protected !!