घटस्थापनाको दिन रिलिज हुने छक्का पन्जा ३ को ट्रेलर रिलिज कर्यक्रममा यस्तो देखियो [हेर्नुहोस् भिडियो]

0

पिएनपिखबर, भक्तपुर। आमा सरस्वती मुभिज र आईएमईएको संयुक्त प्रस्तुति रहेको चलचित्र ‘छक्का पञ्जा ३’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा कमेडी, एक्सन र सामाजिक कुराहरु देख्न सकिन्छ । यहि आउदो दसैँमा रिलिज गरिने भनेको चलचित्रले आज ट्रेलरसंगै ट्रेलरको अन्तिममा चलचित्रको रिलिज मिति पनि सार्वजनिक गरिएको छ ।

आउदो असोज २४ गतेदेखि चलचित्र प्रदर्शनमा आउने भएको छ अब । दीपाश्री निरौलाले निर्देशन गरि तयार गरिएको यस चलचित्रको चलचित्रको पहिलो अपिसियल पोस्टर पनि केहि दिन अघिमात्र सार्वजनिक गरेको थियो । सार्वजनिक गरिएको पोस्टरमा जति कलाकारलाई फिचर गरिएको थियो ट्रेलरमा उतिनै कलाकार फिचरमा छन ।

ट्रेलरमा नव नायिका दिपिका प्रसाई फिचरमा छन् भने प्रियंका कार्की र बर्षा सिवाकोटी देखिएको छैन । चलचित्रमा दिपाश्री निरौलाको निर्देशन, दिपाश्री निरौला र दीपकराज गिरिको निर्माण, पुरुषोत्तम प्रधानको छायांकन, बिपिन मल्लको सम्पादन, रोशन श्रेष्ठको एक्सन, कविराज गहतराजको नृत्य निर्देशन रहेको छ ।

Share.

Comments are closed.

error: Content is protected !!