गोरु काट्दै गरेको अवस्थामा ६ जना पक्राउ

0

 फिदिम ,चैत १८ :पाँचथरको फिदिममा गोरु काटि रहेको अवस्थामा ६ जनालाई रङ्गेहात पक्राउ गरिएको छ । पाँचथरको फिदिम नगरपालिका–४ मा देउकुमार तामाङको घरमा गोरु काटिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालयबाट गएको प्रहरी टोलील राती १० बजे पक्राउ गरेको हो ।

रातीको समयमा गोरु काटेको भन्ने खबर पाएपछि गएको प्रहरी टोलीले ६ जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा फिदिम नगरपालिका–४ सालघारीका ३४ वर्षीय देउकुमार तामाङ, ३३ वर्षीय सन्तबहादुर तामाङ, ५१ वर्षीय विर्खबहादुर तामाङ, २६ वर्षीय सुजन तामाङ, २८ वर्षीय राजकुमार राई र स्याङजा घर भई अहिले फिदिम–९ लुम्फाबुङ बस्ने ३७ वर्षीय सुशिल विश्वकर्मा रहेका छन् । पक्राउ परेका सबैलाई जिल्ला प्रहरी कर्यालय पाँचथरमा राखिएको प्रदेश प्रहरी कर्यालय विराटनगरले जनाएको छ ।

Share.

Comments are closed.

error: Content is protected !!