गोरु काटिरहेको अवस्थामा पाँचथरबाट ६ जना पक्राउ

0

विराटनगर : पाँचथर प्रहरीले गोरु काटेको आरोपमा ६ जनालाई पक्राउ गरेको छ। फिदिम नगरपालिका–४ स्थित देउकुमार तामाङको घरमा गोरु काटिरहेको अवस्थामा उनीहरु पक्राउ परेका हुन्।

फिदिम नगरपालिका–४ सालघारी का ३४ वर्षीय देउकुमार, ३३ वर्षीय सन्तबहादुर तामाङ, ५१ वर्षीय विर्खबहादुर तामाङ, २६ वर्षीय सुजन तामाङ, २८ वर्षीय राजकुमार राई र स्याङजा घर भई फिदिम ९ लुम्फाबुङ बस्ने ३७ वर्षीय सुशिल विश्वकर्मालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

सबैलाई नियन्त्रणमा राखी आवश्यक कानुनी कारबाही सुरु गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।

Share.

Comments are closed.

error: Content is protected !!