गुल्मी काँगे्रसको महिला हिंसा तथा जाँडरक्सी नियन्त्रण अभियान

0

गुल्मी, ७ जेठ: गुल्मी काँग्रेसले थालनी गरेको ‘गाउँ जाउँ गाउँमै रमाऔँ’ ५० दिने महाभियानकोे दोस्रो चरणको कार्यक्रममा महिला संघका कार्यकर्तामार्फत सामाजिक विकृति विसंगतिविरुद्ध जिल्लाका विभिन्न स्थानमा अभियान सञ्चालन गरिएको छ । पाँचाँै हप्तादेखि नेपाली काँग्रेस गुल्मीले थालनी गरेको ‘गाउँ जाउँ गाउँमै रमाऔँ’ ५० दिने महाभियानमा पार्टीका प्रतिनिधि एवं भ्रातृ संस्था महिला संघको सक्रियतामा जिल्लाको सिमलटारी, शान्तिपुर, शृंगा, वामीटक्सार, तम्घासलगायतका स्थानमा सामाजिक विकृति विसंगतिविरुद्ध अभियानअन्तर्गत जातीय विभेद, बाल शोषण, घरेलु हिंसा बन्द गर, जाँडरक्सी नियन्त्रण, सामाजिक विभेदको अन्त्य गरौँ, दाइजो प्रथाको अन्त्य गरौँजस्ता विभिन्न नारा लेखिएका प्ले कार्डसहित ¥याली र कोणसभा गर्दै जनचेतनामूलक कार्यक्रम गरिएको र त्यसबाट गाउँ गाउँमा राम्रो प्रभाव परेकाले यसलाई निरन्तरता दिँदै जाने पार्टीका महिला विभाग प्रमुख अमृता कुँवरले बताउनुभयो ।

पार्टीकी जिल्ला सचिव विष्णुकुमारी सापकोटाले महिला हिंसाको मुख्य कारक भनेकै जाँडरक्सी भएकाले मदिरा सेवन नियन्त्रण गर्न जिल्लाभर चेतनामूलक अभियान सञ्चालन गरिएको र पहिलो चरणमा दलित र गरिबको नजिक पुगेर उनीहरुका जीवन पद्धतिका बारेमा अध्ययन गरेर सामाजिक कुरीति र विभेदको अन्त्य गर्न अभियान केन्द्रित भएको बताउनुभयो ।

सचिव सापकोटाले गाउँ टोलको नाम समेत दलित समुदायको उपहास गर्ने गरी नामाकरण गरिएको कतै कामी टोल, कतै दमाइ र सार्की टोल त कतै धोवी र कुमालजस्ता नामाकरण गरेर उपहास गरिएकोले अब ती गाउँ टोलको नामलाई सुधार गरेर सुन्दर नामाकरण गर्ने बताउनुभयो । गुल्मी काँग्रेसले दोस्रो चरणको अभियानमा ९३ वटै वडामा ५० दिने महाभियानअन्तर्गत विभिन्न कार्यक्रमसहित अभियान सञ्चालन गरेको हो ।
-रासस

Share.

Comments are closed.

error: Content is protected !!