गायक रमेश गोरखाली र रचु थापाका “बत्ति झै बलेकी” गीतको भिडियो सार्वजनिक

0

काठमान्डौँ, ५ चैत  : विन्ध्यावासिनी म्युजिक प्रालीको प्रस्तुतिमा गायक रमेश गोरखाली र रचु थापाकोे सुमधुर आवाजमा “बत्ति झै बलेकी ” युटुव मार्फत बजारमा सार्वजनिक भएको छ । नेपाली समाजमा विध्यमान रोधी घरमा बसेर आपसमा सुख दु:खका कुराकानी गर्ने परम्परालाई “बत्ति झै बलेकी ” गीतले जिवन्तता दिएको छ ।

मन भित्रको पिडा र माया प्रेमका कहानीहरुलाई गीतको माध्यमबाट समेटिएको छ । गीतमा निश्चल दवाडीको शब्द साथै सुरेश लामिछानेले निकै मनछुने लय सिर्जना गरेका छन । सागर गौत्तमले छायाँकन गरेको भिडियोलाई अविनाश डिसीले सम्पादन गरेका छन । करिष्मा ढकाल, रमेश गोरखाली र राजकुमार सुनामको अभिनय रहेको सो गीतमा काजिश श्रेष्ठले निर्देशन गरेका छन ।

हेर्नुहोस् भिडियो :

Share.

Comments are closed.

error: Content is protected !!