गायक भविन ढुंगानाको नयाँ आधुनिक गीत “मन मान्दै मान्दैन” सार्वजनिक हेर्नुहोस् [भिडियो सहित]

0

काठमाडौं, २६ चैत  : गायक भविन ढुंगानाको नयाँ आधुनिक गीत ‘मन मान्दै मान्दैन‘’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । नेपाली गायन क्षेत्रका लागी पार्श्व गायनामा राम्रो दखल भएका गायक भविनको यो गीतमा रोमान्टिक गीतमार्फत दर्शक तथा स्रोताको मन जित्न सक्ने सम्भावना भएको कलाकारको रुपमा चित्रण गर्न सकिन्छ ।

पछिल्लो समयमा आधुनिक गायन क्षेत्रमा कम मात्रामा कलाकारहरुको उपस्थित भइरहेको अवस्थामा उनको यस सिर्जनालाई सर्वाेकृष्ट रुपमा लिन सकिन्छ । गीतका शब्दहरु सविन पाठक श्रेष्ठले रचना गरेका हुन भने संगीत संयोजन गोपाल सरगम राईले गरेका हुन ।

यस गीतमा उनले प्रेमीको मायामा आफू डुवेका कुरा गरेका छन । गीतको भिडियोलाई अविनास डिसीले सम्पादन तथा बविता श्रेष्ठले निर्देशन गरेकी हुन् । रेशम दलार्मीले भिडियोलाई छायांकन गरेका छन् । भिडियोमा कपिल तिम्सिना, राजा र अमृता भट्टको दमदारअभिनय रहेको छ ।

हेर्नहोस भिडियो :

Share.

Comments are closed.

error: Content is protected !!