गायक नबु घलेको नयाँ गीत ‘सललल पानी’ सार्वजनिक [भिडियो सहित]

0

पुस ९, काठमाडौँ। लन्डनमा बस्दै आएका गायक नबु घलेको नयाँ गीत सार्वजनिक भएको छ। ‘सललल पानी’ बोल रहेको उक्त गीतमा शब्द गायक स्वयम् कै रहेको छ। र्याप् एवंम हिप हप् प्याटर्नमा तयार भएको उक्त गीतको भिडियोको छायांकन, सम्पादन तथा निर्देशन पुस्कर लिम्ग्र ( भागी)ले गरेका छन ।

सार्वजनिक गीतको कम्पोज, मिक्सिंग सन्दिप गुरुङ (सनरक)को रहेको छ भने सह निर्माता सन्दीप स्वयम् हुन्।सार्वजनिक गीतमा रबिन, एन्जिला र चयको अभिनय रहेको छ ।

२०१६ मा ‘ स्वक्का स्वक्का ‘ बोल को आफ्नो पहिलो गीत निकालेका गायकको पहिलो गीतले निर्कै चर्चा पाएको थियो, जुन कान्तिपुर टिभीको कार्यक्रममा न : १ स्थानमा बज्न सफल भएको थियो। गायक घलेले २०१७ मा दोस्रो गीत दुखि आत्मा, समाज मा खुट्टा तान्नेहरुलाई निकालेका थिए ।

उनले यो महिना ‘सलल पानी बगेर जाने….. बोल रहेको गीत लिएर दर्शक माझ आएका छन | गायक नबु घलेले पुन: अर्को गीत पनि चाडै नै बजार मा ल्याउदै छन।

हेर्नुहोस भिडियो:

Share.

Comments are closed.

error: Content is protected !!