गाउँका पुरुषहरु मिलेर दलित महिलामाथि निर्घात कुटपिट

0

रबिन्द्र बराल,
रंगेली, माेरङ, पुस : माेरङकाे रंगेली नगरपालिका ५ स्थित अामगाछि टाेलकी महिलामाथी गाउँले मिलेर दुर्ववहार गरेका छन । पुस १४ गते दिउँसो बसन्ती देवि नाम परिवर्तनमाथि गाउँका पुरुषहरुले मरणासन्न हुने गरि कुटपिट गरेकाे हो । केही महिना अगाडि स्थानीय राज कुमार ठाकुरसँग सम्बन्ध गाँसेर उनले घर छाडेकि थिइन् ।

केही दिन अगाडि घर अाएका राज कुमार र बसन्ति देविलाई गाउँलेहरुले लेनदेनकाे बिषयलाई लिएर कुटपिट गर्नुकाे साथै महिलालाई कालाे माेसाे दलेर जुत्ताको माला लगाएर गाउँ निकाला गरेका थिए । उक्त कुराकाे जानकारी पाउन साथ ईलाका प्रहरी कार्यलय रंगेलीले महिलालाई उद्वार गरेकाे थियो । उक्त घटनामा संग्लग्न रहेका रंजित ठाकुर, कुलान्द ठाकुर, गाेवर्धन ठाकुर, महानन्द ठाकुर, सरिता ठाकुर, प्रकाश ठाकुर लगायतलाई नियन्त्रणमा लिएको छ । उक्त घटनाका दाेषिलाई सार्वजनिक अपराध अन्तर्गत मुद्दा चलाउने प्रहरीले जनाएको छ । उक्त घटनामा अरुकाे पनि संलग्नता रहेको हुनाले उनीहरुकाे पनि खोजीकार्य भई रहेकाे संन्जिव बाबू खड्काले बताए ।

Share.

Comments are closed.

error: Content is protected !!