गलत नाम उच्चारण गरेपछि बलिउड अभिनेत्री इलियाना यसरी भईन पत्रकारमाथि आक्रोशित

0

एजेन्सी : बलिउड अभिनेत्री इलियाना डिक्रुज आक्रोशित भएर एक पत्रकारमाथि खनिएकी छिन् । अभिनेता अजय देवगनसँगको आफ्नो अपकमिङ फिल्म ‘रेड’ को प्रमोशनका लागि एक इभन्टमा कुराकानी गरिरहेको समयमा इलियानाले पत्रकारलाई झपारेकी हुन्।

मिडियासँग कुराकानी गरिरहेका अजय र इलियाना दुवैलाई एक पत्रकारले परिचय गराउने क्रममा इलियानालाई गलत नामले सम्बोधन गरेपछि उनी आक्रोशित भएकी हुन् । ती पत्रकारले परिचय गराउने क्रममा अजय देवगनलाई सुपरस्टार भनि सम्बोधन गरे । तर इलियानाको नाम अगाडी स्टार लगाउनु त टाढाको कुरा उनले तीन-तीन पटक इलियानाको नामको गलत उच्चारण गरेका थिए ।

ती पत्रकारले इलियाना डिक्रुजलाई तीन-तीन पटक इलियाना डिसूजा भनि सम्बोधन गरेपछि इलियाना आक्रोशित भएकी हुन् । उनले भनिन्, ‘तपाई पहिले आफ्नो घरबाट होमवर्क गरेर आउनुहोस् । कसैको नामलाई यसरी मिक्सअप गरेर तपाई उनीहरुलाई नमिठो महसुस गराउनुहुन्छ ।’

इलियाना र अजयको फिल्म ‘रेड’ मार्च १६ मा रिलिज हुँदैछ ।

Share.

Comments are closed.

error: Content is protected !!