गर्मीयाममा नखानुस् यस्ता खानेकुरा

0

एजेन्सी : तरकारी भिटामिन, मिनरल्स र शरीरका लागि आवश्यक पौष्टिक तत्वको स्रोत हो । तर, केही तरकारीले शरीरको तापक्रम बढाउने काम गर्छन् ।

गर्मी मौसममा वातावरणका कारण गर्मी बढी हुन्छ र नियन्त्रणमा लिन निकै गाह्रो हुन्छ । त्यसैले गर्मी मौसममा शरीरको तापमान बढाउने तरकारीको प्रयोग गर्नु फाइदाजनक हुँदैन । यस्ता तरकारीले हर्मोनल इन्ब्यालेन्स, धब्बालगायत छालासम्बन्धी समस्या निम्त्याउने गर्छ ।

१. गाँजर
गाँजरले गर्मी मौसममा समस्या सिर्जना गर्न सक्छ । किनकि, यसले शरीरको तापक्रम बढाउने काम गर्छ । यसको फ्लेबरले शरीरको सर्कुलेटरी सिस्टमलाई स्वस्थ बनाउँछ । जस्ले शरीरको आन्तरिक तापमान वृद्धि हुन्छ ।

२. लसुन
लसुनले पनि खानालाई स्वादिष्ट बनाउने काम गर्छ । लसुनमा औषधीय गुणसमेत हुन्छ । तर, यसमा शरीरमा गर्मी बढाउने गुण हुन्छ । गर्मी मौसममा यसको प्रयोगले हर्मोनल इनब्यालेन्स हुने खतरा हुन्छ ।

३.अदुवा
अदुवामा गर्मी बनाउने प्राकृतिक गुण हुन्छ । अदुवामा पाइने स्पाइसी फ्लेवरका कारण शरीरको तापमान बढ्ने गर्छ । त्यसैले गर्मी मौसममा अदुवाको नियमित प्रयोग गर्नुहुँदैन ।

४. खुर्सानी
खुर्सानीले पनि शरीरको तापक्रम बढाउँछ । यसले शरीरको सर्कुलेटरी सिस्टमलाई उत्तेजित बनाउँछ र शरीरको तापक्रम बढ्न जान्छ । त्यसैले यसको सेवनमा सावधानी अपनाउन जरुरी हुन्छ ।

५.प्याज
तरकारीलाई स्वादिष्ट बनाउन प्याजको प्रयोग गरिन्छ । यसलाई सलादका रूपमा पनि प्रयोग गर्ने प्रचलन छ । यसका केयौँ फाइदा छन् । तर, गर्मी मौसममा भने यसको प्रयोग हानिकारक हुन सक्छ । किनकि, यसमा पनि गर्मी बढाउने तत्व हुन्छ ।

Share.

Comments are closed.

error: Content is protected !!