गर्भवती महिलाले किन खानु हुदैन लसुन ? यस्तो छ कारण

0

एजेन्सी : लसुन स्वास्थ्यको लागि धेरै फाइदाजनक हुन्छ । तर यो जरुरी छैन कि यो हरेक परिस्थतिमा तपाईको लागि लाभकारी होे, यसैले तपाईलाई यो जान्न जरुरी छ कि कुन परिस्थतिमा तपाईलाई यसको सेवन गर्न मनाही छ ।

१. जब हेमोग्लोबिन कम हुन्छः
यदि तपाईको रगतमा हेमोग्लोबिनको कमी छ भने स्वास्थ्यको लागि लसुन सेवन गर्न ठिक हुनेछैन । यसको कारण हो हिमोलाइटिस एनेमिया, जुन लसुनको अत्याधिक सेवनले तपाईको जीवन जोखिममा पर्न सक्छ ।

२. ब्लडप्रेशरः
यदि तपाईको शरीरमा ब्लडप्रेशर कम भएमा लसुनको सेवन कम गर्नुपर्छ या खानु हुदैन । वास्तवमा लसुन सेवनले ब्लडप्रेसर अझ कम गर्नसक्छ जुन तपाईको स्वास्थ्यको लागि ठिक हुदैन ।

३. गर्भावस्थाः
इदि तपाई गर्भावस्थामा हुनुहुन्छ भने लसुनको सेवनबारे धेरै सोच विचार गरेर मात्र लिन सक्नु हुन्छ । लसुन गर्मी प्रकृतिको हुन्छ र यसको अधिक सेवनले गर्भपातको खतरा बढ्न सक्छ ।

४. गर्भनिरोधकको प्रयोगः
महिलाहरुले यदि गर्भनिरोधक चक्की सेवन गर्दै हुनुहुन्छ भने तपाईको लागि लसुनको अधिक सेवन हानिकारक हुन सक्छ । वास्तवमा यो दुवैले शरीरमा अत्यधिक ताप उत्पादन गर्छ, जस्ले तपाईलाई हानि पुर्‍याउन सक्छ ।

५. अल्सरः
इदि तपाईको पेटमा अल्सरको समस्या छ भने लसुनको सेवन धेरै हानिकारक हुनसक्छ । त्यसकारण यसलाई प्रयोग गर्नबाट बचौं ।

Share.

Comments are closed.

error: Content is protected !!