‘गरुड पुराण’ को पहिलो पोस्टर सार्वजनिक, चार नायकको बीचमा वर्षा एक्ली [भिडियो]

0

काठमाडौं, १२ माघ: चलचित्र ‘गरुड पुराण’ को पहिलो अफिसियल पोस्टर सार्वजनिक भएको छ । सुवास कोइराला र सुशन प्रजापतिको निर्देशन रहने चलचित्रमा कामेश्वर चौरासिया, नाजिर हुसेन, कर्मा, वर्षा शिवाकोटी र प्रवीण खतिवडा देखिएका छन् ।


चार नायकको बीचमा वर्षा एक्ली छिन् । कामेश्वर कमेडी, नाजिर रोमान्टिक मुड, कर्मा रिसाहा, वर्षा सुन्दर र मायालु तथा प्रवीण शान्त मुडमा छन् । अजित प्रजापति र अशोक गौतम निर्माता रहेको ‘गरुड पुराण’ मा कोसिस क्षेत्री र सतिज श्रेष्ठको संगीत रहेको छ ।

चलचित्रको शीर्षक धार्मिक जस्तो लागे पनि नेपाली समाजमा देखिएका विकृति र विसंगतिलाई ‘गरुड पुराण’ मा समेटिने निर्माण पक्षले जनाएको छ ।

Share.

Comments are closed.

error: Content is protected !!