खुर्सानीको प्रयोग गरेर यसरी जमाउनुस् कदमै स्वादिष्ट दही

0

दही तपाई हामी धेरैलाई मन पर्छ तर यसलाई कसरी जमाउने भन्ने तरिका सबैलाई थाहा नहुन पनि सक्छ । हामी डेरीबाट दही ल्याउदा जमेको राम्रो ल्याउँछौ तर आफैले जमाउन भने जान्दैनौ किनकी हामीलाई तरिका थाहा छैन ।

यसरी सजिलैअ तरिकाले राम्रोसँग जमाउन सकिन्छ दहीलाई:

दहीबाट दही जमाउने
यो दही जमाउने पुरानो तरिका हो । यसको लागि सुरुमा दुधलाई उमाल्नु पर्छ र एकछिन तेतिकै छोडिदिनुपर्छ । दूध हल्का मनतातो भएपछि त्यसमा २ चम्चा दही राख्नुपर्छ ।

दही राखिसकेपछि त्यसलाई राम्रोसँग फिटेर मिसाउनुपर्छ । यसरी मिसाइसकेपछी त्यसलाई ३/४ घण्टा तेतिकै छोडिदिनुपर्छ । दही जमिसकेपछी त्यसलाई अझै सारो बनाउन फ्रीजमा पनि रख्न सक्नुहुन्छ ।

माइक्रोवेव ओवनमा दही जमाउने
यदि तपाई चाडै दही जमाउन चाहनुहुन्छ भने मन्द तातो दूधलाइ दहीको तर लगाएर तयार गरेर राख्ने । त्यसपछि माइक्रोवेवलाई १८० डिग्री तापमानमा दुइ मिनेट सम्म प्री हिट गरेर स्विच अफ गर्ने र दूधको भाडालाई राखेर तिन चार घण्टाको लागि छोडिदिने । यसरी बनाएको दही एकदमै स्वादिष्ट हुन्छ ।

खुर्सानी राखेर दही जमाउने
खुर्सानीको सहायताले पनि दही जमाउन सकिन्छ । यसको लागि रातो खुर्सानीको आवश्यकता पर्दछ । आधा लिटर दूधलाई उमाल्ने र त्यसलाई मन्द तातो हुनसम्म छोडिदिनुपर्छ । जब दूध मन्द तातो हुन्छ त्यसमा ३/ ४ वटा डाठ सहितको रातो खुर्सानी राखेर छोपिदिने । रातो खुर्सानीमा ल्यक्टोबेसिलस ब्याक्टेरिया हुन्छ जसले दुधलाई दही बन्नमा मद्दत गर्दछ र दहीलाई गाढा पनि बनाउदछ । याद राख्नुस, दही जमाउदा दुध धेरै तातो र धेरै चिसो हुनुहुदैन ।

Share.

Comments are closed.

error: Content is protected !!