खानेपानीमन्त्री विना मगरको सम्पत्ति- प्रकाश दाहालको नाममा रहेको एउटा स्कुटर !

0

काठमाडौं, जेठ ९: खानेपानीमन्त्री विना मगरको सम्पत्ति विवरणमा श्रीमान प्रकाश दाहालको नाममा रहेको एउटा स्कुटर रहेको छ । बुधबार सार्वजनिक भएको उनको सम्पत्ति विवरणमा प्रकाश दाहालको नाममा रहेको स्कुटर पनि उल्लेख छ ।

उनीसँग ५ तोला सुन र १६ तोला चाँदी पनि रहेको छ, जसलाई उनले पैतृक सम्पत्ति भनेकी छन् । मन्त्री मगरले सम्पत्ति विवरणमा चितवन भरतपुरमा श्रीमान प्रकाश दाहालको नाममा रहेको २ कठ्ठा जग्गा र सासु सीता दाहालको नाममा रहेको १ कठ्ठा जग्गा पनि उल्लेख गरेकी छन् ।

प्रकाश दाहालको जग्गा मावलीका हजुरआमाबाट  पाएको र सासु सीता दाहालको नाममा रहेको जग्गा पैतृक भनिएको छ । एभरेष्ट बैंकमा खाता भएतापनि नगद जम्मा नभएको उनले उल्लेख गरेकी छिन ।

Share.

Comments are closed.

error: Content is protected !!