खानामा रुचि कम भयो ? हुनसक्छ ‘हर्ट फेल्युअर’ को लक्षण

0

एजेन्सी : हाम्रो शरीरको महत्वपूर्ण अंगको रुपमा मुटुलाई लिने गरिन्छ । मुटुको प्रमुख कार्य भनेको शरीरका विभिन्न भागबाट अशुद्ध भई फर्केको रगतलाई संकलन गरेर शुद्धीकरणका लागि फोक्सोमा प्रवाह गर्नु र फोक्सोबाट शुद्धीकरणपछि फर्केको रगतलाई शरीरका विभिन्न भागमा पम्प गरेर पुनः प्रवाह गर्नु हो ।

मुटुमा लाग्ने बिभिन्न किसिमका रोगहरु छन् । ती मध्ये ‘हर्ट फेल्युअर’ लाई एक प्रमुख रोग मानिन्छ ।

मुटुले पम्प गर्न नसकेर वा पम्प गर्न सक्ने क्षमता स्थिर भइकन पनि स्वाभाविक रुपमा रगत संकलन गर्न नसक्दासमेत हर्ट फेल्युअरका लक्षण देखिन सक्छन् ।

के–के हुन त ‘हर्ट फेल्युअर’ लक्षणहरु :

१. श्वास फेर्न गाह्रो हुनु, मुटुको धड्कन बढ्नु ।

२. अस्वाभाविक थकान र कमजोरी महसुस हुनु ।

३. शरीर सुन्निनु, पेट फुलेको अनुभव हुनु ।

४. खानामा रुचि घट्नु ।

५. शरीरमा अक्सिजनको मात्रा कम भएपछि हातगोडा र जिब्रो नीलो हुने खालका लक्षण पनि देखिन सक्छन ।

६. प्रारम्भिक अवस्थामा बिरामीलाई धेरै धपेडी हुने काम गर्दा मात्र स्वाँस्वाँ हुन सक्छ ।

७. रोग बढ्दै जाँदा साधारण हिँडडुल गर्दा र अझ पछि त सामान्य रुपमा बसिरहँदासमेत स्वाँस्वाँ हुन सक्छ ।

८. बिरामीलाई साधारण रुपमा खाटमा पल्टिन गाह्रो हुन्छ। सुतिहाले पनि केही बिरामी केही छिनपछि ब्युँझेर अक्सिजनको कमीको महसुस गरी झ्यालतिर लम्कन खोज्छन् ।

९. बिरामीको पिसाब कम हुन सक्छ ।

Share.

Comments are closed.

error: Content is protected !!