खाजा खर्च बचाएर वाकमेन किन्नुपर्ने अवस्था पार गरेका गायक तेज कुमार खवासको ८ बर्ष खाडी बसाइको यस्तो पिडा [हेर्नुहोस् भिडियो]

0

पिएनपिखबर : बिगत ८ बर्ष देखि दुबई बस्दै आएका तेज कुमार खवासले नेपाल फर्केर फेरी सांगीतिक क्षेत्रमा नै मोह देखाएका छन्। आफ्नो आर्थिक अवस्था कम्जोर भएकै कारण उनी विदेशिनु परेको पिडा उनको मनमा त छदै नै छ तर उनी असन्तुष्ट भने छैनन्। ‘हाम्रो देशको हालत नै यस्तै छ आम नेपाली म जस्तै विदेशिनु रहर होइन बाध्यता हो।’ उनी भन्छन्।

‘मेरो पालामा अहिलेको जस्तो प्रबिधि थिएन। वाकमेन किन्न पनि पैसा हुदैनथ्यो। मैले खाजा खाने पैसा जोगाएर बल्ल एउटा वाकमेन किनेको थियो त्यो समयमा तर अहिले निकै सजिलो भइसकेको छ ‘ उनी आफ्नो बिगतको कुरा स्मरण गर्दै भन्छन्।

‘अब विदेश जादिन नेपालमै बसेर यही सांगीतिक क्षेत्रमा रमाउछु केहि गर्छु।’ उनी गौरबको साथमा भन्छन्।

हेर्नुहोस् तेज कुमार खवाससँग गरीएको रमाइलो कुराकानी :

Share.

Comments are closed.

error: Content is protected !!