कोठामा सुतिरहेको नवजात शिशुलाई बिरालोले टिपेर भागेपछि…

0

पिएनपिखबर : कोठामा सुतिरहेको नवजात शिशुलाई बिरालो आएर उठाएर लग्यो। घटना बुधबार बिहान साढे ६ बजेतिरको हो। आमा स्नेहबिहान उठेर शौचालय गएका थिए। २ मिनेटपछि फर्किंदा बच्चा ओछ्यानमा थिएनन् । बच्चाको पिता पनि त्यहि कोठामा सुतिरहेका थिए। शिशुको तौल १ किलो ५ सय ग्राम थियो।

बच्चा नदेखेपछि आमा चिच्याउन थालिन। घरको सदस्य सबै उठेर बच्चालाई खोज्न थाले। जब शिशुको काका हेमन्तले दोश्रो तलामा गएर हेरे तब शिशुलाई बिरालोले बगैचामा तान्दै गरेको देखे। त्यसपछि उनि घरको दोश्रो तलाबाट हाम्फाले। काका हाम्फालेपछि बिरालो शिशु छोडेर भाग्यो।

घटना भिवानीको नंदराम कटला हालु बजार क्षेत्रको हो। शिशुको हजुरबुबाका अनुसार नाती स्वस्थ छन्। तर काका हेमन्तको भने कम्बरमा फ्याक्चर भएको छ।

Share.

Comments are closed.

error: Content is protected !!