कोटेश्वरको घर बेचेर एल्जिनालाई डाक्टर पढ्न पठाएका थिए, ‘घटना सुनेर आमा बेहोस हुनु भयो [हेर्नुहोस मार्मिक भिडियो ]

0

सिन्धुली स्थायी घर भएका गणेश बराल र गंगा बरालले सुख– दुःख गरेर काठमाडौंको कोटेश्वरमा घर बनाएका थिए । कहिले जागिर कहिले व्यापार गरेर गणेशले कोटेश्वरमा घर बनाएका थिए । छोरी एल्जिनाले एमबीबीएस पढ्न रहर गरेपछि उनीहरुले काठमाडौं कोटेश्वरको घर बेचे । एल्जिनाकी दिदी पनि बंगलादेशमै रहेकोले कान्छि छोरीलाई पनि एमबीबीएस पढ्न ढाका पठाए । तर सोमवार काठमाडौंमा भएको युएस बंगला विमान दुर्घटनामा बराल परिवारको खुसी मेटिएको छ । ‘छोरीलाई डाक्टर पढाउन भन्दै दिदीहरुले कोटेश्वरको घर बेच्नु भएको थियो’ त्रिवि शिक्षण अस्पतालमा शव बुझ्न आएकी एन्जिलाकी सानिआमा सुशीला भट्टराईले भावविह्वल हुँदै लोकान्तरसँग भनिन्, ‘दिदी भिनाजुको सपना चक्कानाचुर भयो ।’ हेर्नुहोस मार्मिक भिडियो

Share.

Comments are closed.

error: Content is protected !!