कैदीको मृत्यु

0

भद्रपुर, १२ माघ (रासस) : झापा कारागारमा कैद भुक्तान गरिरहेका एक जना कैदीको आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

मुटु रोगी रहेका कैदी ४१ वर्षीय नवराज श्रेष्ठको उपचारका क्रममा काठमाडाँै लैजाँदै गर्दा बाटोमै मृत्यु भएको बताइएको छ । घटनाका विषयमा विस्तृत जानकारी आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय सञ्चार शाखाले जनाएको छ ।

Share.

Comments are closed.

error: Content is protected !!