के कपालमा हेयर ड्रायर प्रयोग गर्नुहुन्छ ? यस्ता छन् ७ बेफाइदा

0

एजेन्सी : अहिले अधिकांश मानिसहरुको दिन निकै ब्यस्ततामा बितिरहेको हुन्छ । त्यही ब्यस्तताको बाबजुद अधिकांश महिलाहरु कपाल धोईसकेपछि चाँडो सुकाउन हेयर ड्रायरको प्रयोग गर्ने गर्छन् ।

ब्यूटीसियनले पनि कपालको नयाँ हेयर स्टाइलमा परिणत गर्नलाई हेयर ड्रायरको प्रयोग गरेका हुन्छन् । तर हामी धेरैलाई थाहा हुँदैन कि हेयर ड्रायरको प्रयोग गर्दा वा गराउँदा हामीलाई के–के नोक्सान हुनसक्छ ।

यदि तपाईलाई हेयर ड्रायरको प्रयोग आवश्यक छ भने गर्नुहोस् तर यसबाट हुने हानी र बच्ने उपायको बारेमा पनि ख्याल गर्नुहोस् ।
१. हेयर ड्रायरको धेरै प्रयोग गर्नाले कपालको प्राकृतिक सुन्दरता हराएर जान्छ । यसको दैनिक प्रयोगले गर्दा कपालमा डेन्ड्रफ (चाया) को समस्या बढ्न सक्छ र कपाल सुख्खा भएर टुक्रिन थाल्छ ।
२. हेयर ड्रायरबाट निस्कने तातो तापले कपालको जरालाई हानी पुर्‍याउँछ ।
३. हेयर ड्रायरको प्रयोग गर्दैगर्दा यसलाई तपाईको कपालदेखि ६ र ९ इन्चको दूरीमा राख्नुहोस् । हेयर ड्रायरलाई नजिकबाट प्रयोग गर्दा यस्ले कपालमा सुख्खापन बढाउँछ र कपाल छिट्टै टुक्रिएर जान्छ ।
४. हेयर ड्रायर प्रयोग गर्नुपूर्व कपालमा नरिशमेंट सिरम लगाउनुहोस ताकी ड्रायरको तापले कपाललाई धेरै हानी नपुगोस र यसलाई मुलायम बनाओस् ।
५. कपालको प्रकार अनुसार नै हेयर ड्रायर प्रयोग गर्दा धेरै राम्रो हुनेछ । जस्तै कपाल कर्लि छ, सुख्खा छ, सफ्ट या सिल्की छ, यो अनुसार तापक्रम या समयको आवश्यकता हुन्छ ।
६. सुख्खा कपालमा मिले सम्म कम मात्रामा ड्रायरको प्रयोग गर्नुहोस् । कोल्ड ड्रायरको प्रयोग गर्नुहोस् किनकी यसमा आइरन बढी हुन्छ जुन पोजिटिभ हुन्छ र हावामा हिट कम हुने गर्छ ।
७. यदी तपाईलाई हेयर ड्रायरको प्रयोग गर्न धेरै नै जरुरी छ, तब कपाललाई दैनिक ओइलिंग गर्नुहोस, ताकि कपाललाई पर्याप्त पोषण मिल्न सकोस् ।

Share.

Comments are closed.

error: Content is protected !!