‘कुछ कुछ होता है’को सिक्वेलको लागि करण जोहरको रोजाईमा परे यी कलाकार

0

भक्तपुर : बलिउडको अत्यधिक रुचाइएको फिल्म ‘कुछ कुछ होता है’ अर्को सिक्वेल निर्माण गर्ने निर्देशक करण जौहरले एक आयोजित कार्यक्रममार्फत संकेत दिएका छन् ।

आज भन्दा २० वर्ष पहिला शाहरुख खान, काजोल र रानी अभिनित फिल्म ‘कुछ कुछ होता है’ रिलिज भएको थियो जसले दर्शकको निकै माया पायो। फिल्मले  बक्स अफिसमा पनि शानदार सफलता हासिल गरेको थियो जसको निर्देशन करण जौहरले गरेका थिए।

कार्यक्रममा करणलाई फिल्मको रीमेकलाई लिएर सोधिएको प्रश्नमा करनले उत्तर दिनुको साथै यसको स्टार कास्टको बारेमा पनि बोलेका थिए। उनले भने,’यदि यसको स्क्वेल बनाए भने रणवीर कपूर, आलिया भट्ट र जान्वी कपूरलाई कास्ट गर्नेछु।’ हालै करण जोहरको ‘स्टूडेन्ट अफ द इयर’को पनि सिक्वेल बन्ने तयारीमा छ।

Share.

Comments are closed.

error: Content is protected !!