कुकुर-बिरालोको मासु खान अमेरिकामा लाग्यो प्रतिबन्द, भारत र चीनलाई मासुको व्यापार बन्द गर्न अपिल

0

पिएनपिखबर : बुधवार बसेको अमेरिकी प्रतिनिधि सभाको बैठकमा नयाँ कानुन निर्माण गरिएको छ। अब मानिसले कुकुर र बिरालोको ज्यान लिएमा र मासु व्यापार गरीएको खण्डमा ५ हजार अमेरिकी डलर तिर्नुपर्ने छ।

एक अर्को प्रस्ताबमा सदनले चीन, दक्षिण कोरिया र भारतसहित सबै देशबाट बिरालो र कुकुरको मासुको व्यापार बन्द गर्न अनुरोध गरेको छ। कांग्रेस सदस्य क्लाउडिया टेनीले भने, ‘‘कुकुर र बिरालो भनेको मित्रता र मनोरंजनको लागि हुन्। तर चीनमा हरेक वर्ष मानिसले एक करोडभन्दा बढी कुकुर मार्ने गर्दछन।

उनले थपे,” यी चीजको लागि हाम्रो संवेदनशील समाजमा कुनै ठाउँ छैन। यस बिलले अमेरिकाको मूल्यलाई दर्शाउँछ र सबै देशलाई एक कडा सन्देश दिनेछ कि हामी यस अमानवीय क्रियाकलापको साथ् दिने छैनौ।’’

सभामा उल्लेखित प्रस्तावमा भारत, चीन, दक्षिण कोरिया, वियतनाम, थाइल्याण्ड, फिलिपीन, इंडोनेशिया, कंबोडिया, लाओस र अन्य देशको सरकारलाई कुकुर र बिरालोको मासुको व्यापारमा प्रतिबन्द लगाउने कानुन अपनाउन र त्यसलाई लागु गर्न अनुरोध गरिएको छ।

Share.

Comments are closed.

error: Content is protected !!