किन ‘छक्का पञ्जा’ टिमबाट बाहिरिए माग्ने बुढा ? यस्तो छ कारण !

0

काठमाडौँ : सुदर्शन थापाको निर्देशन तथा अभिनेत्री पूजा शर्माको निर्माणमा बन्न लागेको अनटाइटल प्रोजेक्टमा अनुबन्धित भएपछि चर्चित हाँस्य कलाकार केदार घिमिरे ‘माग्ने बूढा’ पहिलो पटक ‘छक्का पञ्जा’ टिमबाट बाहिरिएका छन। ‘ छ एकान छ’ फिल्मबाट ठूलोपर्दामा पाइला राखेका माग्ने बुढाले त्यसयता ‘छक्का पञ्जा २’सम्म आइपुग्दा चार वटा उत्कृस्ट फिल्म खेलिसकेका छन् ।

‘छक्का पञ्जा’ टिमबाट बाहिरिएसंगै उनलार्इ अब बाहिरी ब्यानरमा पनि दर्शकले देख्न पाउने भएका छन । यतिबेला माग्ने बुढाले १० लाख पारिश्रमिक लिएर सुदर्शन पूजाको फिल्ममा अनुबन्ध भएको समाचार भाईरल बनिरहेको छ । उनले नै १० लाख लिएको स्विकार गरिसकेका छन् ।

फिल्मको कथावस्तु मन परेकोले अभिनयको लागी तयार भएको उनले बताएका छन् । उता ‘छक्का पञ्जा’ टिमले बर्षमा एउटा बाहिरी ब्यानरको फिल्म खेल्न फुकुवा गरेकै कारण यो प्रोजेक्टको लागी तयार भएको समेत खुलाएका छन् । फिल्मको छायाँकन माघको तेश्रो साताबाट सुरु हुने बताईएको छ ।

Share.

Comments are closed.

error: Content is protected !!