काष्ठमण्डप पुनःनिर्माणका लागि सुझाव

0

गत वैशाख ३१ गते:  क्षमापूजा गरी निर्माण शुभारम्भ गरिसकिएको भए तापनि पुनःनिर्माण सामग्री संकलन गर्ने क्रममा विज्ञको सल्लाह आवश्यक भएकाले उनीहरुको सल्लाहानुरुप काम अघि बढाइने काष्ठमण्डप पुनःनिर्माण समितिका अध्यक्ष राजेश शाक्यले राससलाई जानकारी दिनुभयो ।

शाक्यले भन्नुभया,े “अहिले पहिलो चरणमा, भत्किएको सो सम्पदाका काठहरू छान्ने काम भइरहेको छ, काम लाग्ने जति पुरानै काठ र त्यसमा नपुगेको अन्य नयाँ काठ ल्याइनेछ । त्यस्तै इँटा र अन्य काठमाडौँ, ८ जेठ सातौँ शताब्दीको ऐतिहासिक काष्ठमण्डप पुनःनिर्माणका लागि विज्ञसँग सुझाव लिइने भएको छ ।
निर्माण सामग्री सङ्कलन गर्ने कार्य भइरहेको छ ।”

अहिले पुरानो काठ के कति काम लाग्छन् र नयाँ काठ कति आवश्यक पर्छ भनी विज्ञसँग सल्लाह भइरहेको छ । कम्तीमा तीन महिनामा आवश्यक पर्ने सबै निर्माणक सामग्री ल्याइसक्ने र निर्माण शुरु हुने समितिको भनाइ छ । शुरु गरिएको तीन वर्षभित्र निर्माणसम्पन्न गरिसक्ने लक्ष्य पनि निर्माण समितिको रहेको छ । विसं २०७२ को भूकम्पका कारण अन्य ऐतिहासिक सम्पदासँगै काष्ठमण्डप पूरै क्षतिग्रस्त भएको थियो ।

एउटै साल रुखको काठबाट मात्र काष्ठमण्डपको निर्माण भएको बताइन्छ । नेपालको राजधानी काठमाडौँको नाम ‘काष्ठमण्डप’ बाट नै रहेको इतिहासमा उल्लेछ छ । अब भने त्यस किसिमले निर्माण हुन सम्भव छैन । अब काठमाडौँ महानगरपालिकाको निगरानी तथा सहयोगमा काष्ठमण्डप निर्माणको जिम्मेवारी स्थानीयवासीलाई नै दिइने पनि निर्माण समितिले जनाएको छ । यसको निर्माणका लागि आर्थिक सहयोग जुटाउन स्थानीय समितिसमेत निर्माण गरिएको छ भने केही रकम महानगरपालिकाले सहयोग गर्नेछ ।

पुरानै शैलीमा बन्ने काष्ठमण्डप तीनतले हुने शाक्यले बताउनुभयो । “यो पुरातात्विक ढंगले नै बन्छ, प्यागोडा शैलीमा नै निर्माण हुनेछ”, उहाँले भन्नुभयो । बिसेत नामका मानिसले जात्रामा आएका कल्पतरूलाई चिनेर समाती एउटा रूख उपलब्ध गराउने बाचा गराइ छाडेपछि कल्पतरूले सालको काठ दिएको र त्यसैबाट मूर्तिविहीन मरूसतः बनाइएको बताइन्छ जसलाई काष्ठमण्डप भनेर चिनिन्छ । पछि मरूसत्तलमा गोरखनाथ र गणेशका चार मूर्ति र अन्य मूर्ति थपिएको बताइन्छ । पहिले बाहौँ शताब्दीको भनिएकामा बेलायतको दूरहाम विश्वविद्यालयको उत्खननपछि सातौँ शताब्दीको भएको इतिहासकार डा महेशराज पन्तले जनाउनुभएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले जनस्तरबाटै शुभारम्भ गरिएको काम छिटोछरितो हुने भन्दै सन् २०२० मा नेपाल भ्रमण वर्ष मनाउनुअघि नै काष्ठमण्डप पुनःनिर्माण सम्पन्न भइसक्ने बताउनुभएको छ । बढीमा तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको काष्ठमण्डपको पुनःनिर्माणका लागि करीब रु १९ करोड लाग्ने अनुमान गरिएको छ ।

भूकम्पका कारण काठमाडौँ उपत्यकासहित ३० जिल्लाका प्राचीन स्मारक एवं पुरातात्विक सम्पदामा क्षति पुगेको थियो । राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०७५÷७६ को नीति तथा कार्यक्रममा पनि तीन वर्षभित्र काष्ठमण्डप, रानीपोखरी र धरहराको पुनःनिर्माण गरिसक्ने प्रतिबद्धता सरकारले व्यक्त गरेको छ । शर्मिला पाठक रासस

Share.

Comments are closed.

error: Content is protected !!