कालो झन्डा देखाउनेलाई दिल निशानिले गराईदिए मुख कालो : अमेरिकामा क्रिश्चियनको चर्पि सफा गर्नेले कालो झण्डा देखाए

0

पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराईलाई अमेरिकामा रहेका नेपालीहरुले हत्यारा भन्दै कालोझण्डा देखाइएको छ ।टेक्सासको डालसमा शनिबार नेपाली समुदायसंगको अन्तर्क्रिया कार्यक्रमका लागि पुगेका भट्टराईलाई तत्कालीन माओवादीले सशस्त्र द्धन्द्धका बेलामा मच्याएको हिंसा र जथाभावी सर्वसाधारणको हत्या गरेको आरोपमा कालो झण्डा देखाइएको हो ।

एनआरएनए टेक्सास च्याप्टर, नेपाली समाज टेक्सास लगायतको संयुक्त आयोजनामा कार्यक्रम शुरु हुनै लाग्दा हल भित्र पस्ने क्रममा डा भट्टराई तथा उनकी पत्नी हिसिला यमीलाई कालो झण्डा देखाइएको हो ।माओवादी द्धन्द्धका क्रममा हजारौं निर्दोष नेपाली नागरिकको हत्या, अपहरण गरेको तथा हजारौंलाई बिस्थापित हुन बाध्य पारिंदा डा भट्टराई पनि नाइकेमध्येका एक भएकोले बिरोध स्वरुप युद्ध अपराधीलाई अमेरिकामा कालो झण्डा देखाएको तरुण दल अमेरिकाका अध्यक्ष ओम भट्टरार्इले बताए ।

अमेरिकाको डिसीबाट नेपाली समुदायसंगको कार्यक्रम शुरु गरेका भट्टराईलाई दोश्रो कार्यक्रम डालसमा कालो झण्डा देखाइएको हो । डा. भट्टराईलाई कालो झण्डा देखाउनेहरुमाथि लेखक दिलानिसानी मगरले सामाजिक सञ्जाल फेसबुक मार्फत कडा निन्दा गरेका छन् उनले आफ्नो स्टाटसमा यस्तो लेखेका छन्:अमेरिका गएर क्रिश्चियनहरुको चर्पि सफा गर्ने ४ जना राणीका बानहरुले पूर्वप्रम डा.बाबुराम भट्टराईलाई कालो झण्डा देखाएछन्। देश दुखेको बेला विदेश भाग्ने राणीका बानहरुलाई देश प्रति डा. बाबुराम भट्टराईको योगदान कति छ भनेर के थाहा ? राणीका बानहरुले जुन बिश्वविधालयमा सन्तान पढाउने सपना देख्छन्, त्यही बिश्वविधालयमा प्रोफेसर भएर अमेरिकालाई पढाउने हैसियत राख्छन् डा. बाबुराम भट्टराई।‬

Share.

Comments are closed.

error: Content is protected !!