कामपामा विषयगत कामको बाँडफाँड

0

काठमाडौँ, ३० फागुन : काठमाडौँ महानगरपालिकाको कार्यपालिका बैठकले विषयगत कामको बाँडफाँड गरेको छ । आज यहाँ बसेको बैठकले नगर कार्यपालिकाको विद्यमान संगठन संरचनामा रहेका ११ वटा विभाग हेर्ने गरी वडाध्यक्षको संयोजकत्वमा कार्यपालिकाका सबै सदस्य कुनै न कुनै समितिमा पर्ने गरी जिम्मेवारी बाँडेको हो ।

महानगरका प्रमुख प्रशासकीय अधिकृत धनिराम शर्माका अनुसार जिम्मेवारी तोकिएका समितिमा सुशासन, वित्त, सामाजिक, विधायन, राजश्व, पूर्वाधार, वातावरण, सूचना प्रविधि, विपद् व्यवस्थापन र भवन व्यवस्था समिति रहेका छन् । सुशासन समिति संयोजकमा नवराज पराजुली (वडाध्यक्ष वडा नंं ३२), वित्त समिति संयोजकमा शोभा सापकोटा (वडाध्यक्ष वडा नंं १४), सामाजिक समिति संयोजकमा मुकुन्द रिजाल ( वडाध्यक्ष वडा नंं १६), विधायन समिति संयोजकमा हीरालाल तण्डुकार (वडाध्यक्ष वडा नंं ११) र राजश्व समिति संयोजकमा नवीन मानन्धर (वडाध्यक्ष वडा नंं १७) रहनुभएको छ ।

त्यसैगरी, पूर्वाधार समिति संयोजकमा दीपक केसी (वडाध्यक्ष वडा नंं ३), वातावरण समिति संयोजकमा विकास डंगोल (वडाध्यक्ष वडा नंं १२), भवन व्यवस्था समिति संयोजकमा चिनियाँमान बज्राचार्य (वडाध्यक्ष वडा नंं २७), सूचना प्रविधि समिति संयोजकमा ईश्वरमान डंगोल (वडाध्यक्ष वडा नंं १५), सम्पदा तथा पर्यटन समिति संयोजकमा न्हूच्छेकाजी महर्जन (वडाध्यक्ष वडा नंं १८) र विपद् व्यवस्थापन समिति संयोजकमा नीलकाजी शाक्य (वडाध्यक्ष वडा नंं २५) रहनुभएको छ । यसैबीच, बैठकले २८ गते सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको विमान दुर्घटनामा परी असामयिक मृत्यु हुनेहरुको सम्झनामा शोक प्रस्ताव पारित गर्दै शोक सन्तप्त परिवारमा समवेदना प्रकट गरेको छ ।

Share.

Comments are closed.

error: Content is protected !!