कानुन मिचेर मनपरी

0

काठमाडौँ, माघ १४: १० माघको मन्पिरिषद बैठकले जेष्ठ नागरिक भत्ता प्राप्त गर्ने उमेर ७० बाट ६५ बर्षमा झार्यो । जबकि, नेपालीको औसम आयु बढिरहेको तथ्यांकले नै पुष्टि गर्छन् । ब्रिटिस मेडिकल जर्नलका अनुसार, सन् १९५४ नेपाली महिला र पुरुषको औसत आयु क्रमशः २७ र २८ बर्ष थियो । सन् २०१५ मा औसत आयु करिब साढे दुई गुणा अर्थात् ६९ र ७२ बर्ष पुगेको छ । तर, विडम्बना, सरकारले भने त्यसभन्दा पनि कम उमेरमा जेष्ठ नागरिक भत्ता पाउने उमेर तोकिदिएको छ ।

बुढ्यौलीसँगै शारीरिक दुर्बलता बढ्ने र काम गर्न नसक्ने हुँदा लोक कल्याणकारी राज्यको अवधारणा अनुरुप संसारभर जेष्ठ नागरिकको जिवन सहज पार्न भत्ताको व्यवस्था गरिने चलन छ ।तर, नेपालमा भने सस्तो लोकप्रियताको हतियार बन्दै आएको छ । र, राज्यको क्षमतालाई समेत विचार नगरी वितरणमुखी नीतिमा अस्वस्थ प्रतिस्पर्धा देखिएको छ ।

विगतमा वामपन्थी दलहरुले ल्याएको यस नीतिको विरोध गरेको कांग्रेस नेतृत्वको सरकारले यसपटक वामपन्थीलाई नै उछिनेर उमेरदार अवस्थामै यस्तो भत्ता दिने निर्णय गरेको हो । यो भत्ता पहिला ६० बर्षमा पाउँदै आएका कर्णाली क्षेत्र र दलित समुदायले भने अब ५५ बर्षमै पाउनेछन् ।
-नेपाल साप्ताहिक

Share.

Comments are closed.

error: Content is protected !!