कांसमा एक अभिनेत्रीले उडाइन निर्माताको धज्जियां, २१ वर्ष अघि मरो बलातकार गर्यो भन्दै दिईन यस्तो खुलमखुल्ला चेतावनी

0

पिएनपिखबर, भक्तपुर : इटलीको फिल्म एक्ट्रेस एशिया अर्जेंतोले कांस फिल्म फेस्टिबलको समापन समारोहको क्रममा हलिउडका दागी निर्माता हार्वे विंस्टीनको बारेमा कडा भाषण दिंदै यौन उत्पीडन गर्नेलाई चेतावनी समेत दिएकी थिईन।

अर्जेंतो, विंस्टीनमाथि आरोप लागाउने महिलाहरु मध्य एक हुन्। अवा डुवरनेसँग सर्वश्रेष्ठ अभिनेत्रीको पुरस्कार प्रस्तुतिको शुरुवात गर्दै उनले भनिन्,’१९९७ मा भएको कानमा हार्वे विंस्टीनले मेरो दुष्कर्म गरेको थियो। म त्यस समय २१ वर्षकी थिए। यो महोत्सब उसकै शिकार गर्ने मैदान हो।’

फिल्म समुदायले विंस्टीनको यस्तो हर्कतको हिसाब चुकाएको उनले स्विकारिन। आक्रोशित नायिका अर्जेंतो भन्छिन,’म एक भविष्यवाणी गर्न चाहन्छु। हार्वे विंस्टीनलाई अब कहिल्यै पनि स्वागत गरिने छैन। अब उनी बदनामीमा आफ्नो जिन्दगी गुजार्नेछ र फिल्मी जगत पनि विंस्टीनबाट टाढा रहनेछ जसले उनीसंग अंकमाल गरेका थिए उनीहरुले नै उसको अपराधमा पर्दा हालेका थिए।’

विंस्टीन यस्तो हिंस्रक व्यवहार गर्ने एक्लो व्यक्ति हैन। यौन अपराधीहरुलाई यो संदेश दिनुको साथै अब यस्तो हर्कत गर्ने बच्नसक्दैन भन्दै नायिका अर्जेंतोले आफ्नो भाषणको अन्त्य गरेकी थिइन्।

Share.

Comments are closed.

error: Content is protected !!