‘काँग्रेस रुपान्तरणको बाटोमा’: प्रवक्ता शर्मा

0

बैतडी, ५ जेठ: नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेपाली काँग्रेस रुपान्तरणको बाटोमा गएको बताउनुभएको छ । नेपाल तरुण दल बैतडीको प्रशिक्षण कार्यक्रममा बोल्दै उहाँले नेपाली काँग्रेसले चुनावमा हारे पनि कार्यकर्ताले हरेश खानु पर्दैन, सशक्त प्रतिपक्षी दलको भूमिकामा रहेर सरकारले गरेका गलत कामलाई सशक्त रुपमा विरोध गर्नेछ भन्नुभयो ।

नेपाली काँग्रेसले माओवादीलाई जनयुद्धबाट शान्ति प्रक्रियामा ल्याएको, काँग्रेसकै नेतृत्वमा संविधान बनेको, काँग्रेसकै नेतृत्व हुँदा तीनै तहको निर्वाचन सम्पन्न भएकाले काँग्रेसको देश निर्माणमा ठूलो भूमिका रहेको उहाँले स्पष्ट पार्नुभयो । प्रवक्ता शर्माले कम्युनिष्ट पार्टीहरु एक भइसकेको अवस्थामा काँग्रेस कार्यकर्तालाई पनि एकढिक्का भएर अगाडि बढ्न आह्वान गर्नुभयो ।
-रासस

Share.

Comments are closed.

error: Content is protected !!