कसरी भयो हिन्दु धर्मको उत्पत्ति ? जानी राखौँ !

0

काठमाडौँ : विश्वमा हिन्दू धर्मलाई सबै धर्महरू भन्दा धेरै पुरानो मानिन्छ । पृथ्वीमा मानवको उत्पतिसँगै हिन्दू धर्मको इतिहास जोडिएका हुन सक्ने अनुमान गरिएको छ ।

यस धर्मलाई वेदकालबाट पनि पूर्वको धर्म मानिन्छ, किनभनें वैदिक काल र वेदहरूको रचनाको काल अलगअलग समयमा भएको मानिन्छ ।

तत्कालिन भारत तथा आधुनिक पाकिस्तानको सिन्धु घाटी सभ्यतामा हिन्दू धर्मका कतिपय निशानहरू पाइएका छन् । सोही तथ्यको आधारमा सिन्धु शब्दबाट अपभ्रम्श भएर हिन्दु शब्दको उत्पत्ति भएको पनि मान्यता रहि आएको छ ।

सिन्धमा एक अज्ञात मातृदेवीको मूर्ति, शिव पशुपति आदी जस्तो देवताहरूको मुद्राहरू, लिंग, पिपलको पूजा गरिने पाइएकको धर्मका खोज तथा अनुसन्धानकर्ताहरुले दर्शाएका छन् । हिन्दू ग्रन्थको गहिरो अध्ययन गर्दा संसारमा मानव मनुष्य सभ्यताको सुरुवात पनि नेपालको हिमाली भेगबाट भएको देखिन्छ ।

इतिहासकारहरूको एक दृष्टिकोण अनुसार यस सभ्यताको अन्ततिर मध्य एसियाबाट एक अन्य जातिको आगमन भयो, जुन स्वयम्लाई आर्य भन्ने गर्थे र संस्कृत नामको एक हिन्द यूरोपीय भाषा बोल्ने गर्थे ।

एक अन्य दृष्टिकोण अनुसार सिन्धु घाटी सभ्यताको मान्छेहरू स्वयम् आर्य भएका हुँदा हिन्दुहरुलाई हिन्दुहरुको मूलस्थान भारत उपमहाद्वीप नै भएको बताइएको छ ।

धार्मिक साहित्य अनुसार हिन्दू धर्म सम्बन्धी अन्य मान्यताहरु पनि रहेका छन् । ९० हजार वर्षभन्दा पहिला यो धर्मको प्रारम्भ भएको थियो। रामायण, महाभारत र पुराणहरूमा सूर्य र चन्द्रवंशी राजाहरूको वंश परम्पराको उल्लेख उपलब्ध छ । यसका अतिरिक्त अनेक वंशहरूको उत्पति र परम्पराको वर्णनमा पनि हिन्दु धर्मको उतपत्तिका विषयमा कुराहरु आएका छन् ।

आर्यहरूको सभ्यतालाई वैदिक सभ्यता मानिन्छ । पहिलो दृष्टिकोण अनुसार लगभग १७०० ईसा पूर्वमा आर्य अफगानिस्तान, कश्मीर, पञ्जाब र हरियाणामा बसोबास गर्ने गर्थे । त्यस बेला देखि नै उनीहरूका विद्वान् ऋषिहरु आफ्ना देवताहरूलाई प्रसन्न गर्नलाई वैदिक संस्कृतमा मन्त्र रचना गर्न थाले ।

पहिला चार वेद रचियो, जसमा ऋग्वेद प्रथम थियो । त्यस पछि यजुर्वेद, सामवेद, अथर्ववेद उपनिषद जस्ता ग्रन्थहरू आए । हिन्दु धर्मको उत्पत्ति वैदिक संस्कृतिबाट इशापूर्व २००० वर्षभन्दा पहिला भएको मान्यता छ । हाल विश्वमा हिन्दु धर्म मान्ने मानिसहरु १ खर्ब ५ अर्ब छन् । सो मध्ये ९६ प्रतिशत दक्षिण एशियामा बस्छन् । बिभिन्न अनलाइनहरूकाे सहयाेगमा

Share.

Comments are closed.

error: Content is protected !!