करोडौँ दर्शक/श्रोता रुवाउन सफल गीत ‘बोल माया’को बारेमा यसो भन्छन प्रकाश सपुत [हेर्नुहोस् भिडियो सहित]

0

काठमाडौँ, ९ जेठ : धन कमाउने आशमा विदेशिएका दाजुभाईहरुले पराई भूमिमा अकालमै ज्यान गुमाउनु पर्दाको पिडा प्रकाश सपुतले आफ्नो गीतको भिडियोमा उतारेका छन्। उक्त भिडियोमा जस्तै कयौँ दिदीबहिनीहरूले श्रीमान विदेशीएपछि बाकसमा लाश आउदाको दर्दनाक पीडामा छट्पटिएर बाच्न परेकाे अवस्था हाम्रो समाजमा कयौ उदाहरण नै छन् । यस्तै उदाहरणको चित्रण गरिएको छ यस भिडियोमा।

बेदना नै बेदना समेटिएको ‘बोल माया‘ बोलको उक्त गीतका शब्द संगीत गायकी भिडियो सबै मार्मिक छन्। सपुत कै शब्द संगीत र स्वर रहेको गीतमा नारायण रायमाझी र शान्ति श्री परियारको आवाजले सुनमा सुगन्ध थपिएको छ। उक्त गीतको भिडियोमा अन्जली अधिकारी र प्रकाश स्वयमको अभिनय रहेको छ ।

यसै गीत र भिडियोको बारेमा प्रकाश सपुत, शान्ति श्री परियार र अन्जली अधिकारीसँग सेलिब्रेटी नेपालले गरेको कुराकानी हेर्नुहोस् भिडियोमा :

Share.

Comments are closed.

error: Content is protected !!