करेन्ट लागेर श्रेष्ठको मृत्यु

0

अर्घाखाँची, ३० फागुन :अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिकामा करेन्ट लागेर आज एकजनाको ज्यान गएको छ । वडा नं ६ खिल्जी हटियाका अन्दाजी ६२ वर्षीय कविराज श्रेष्ठको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रदीप डिसीले बताउनुभयो ।

घर नजिकै कुटमेराको घाँस काट्ने क्रममा हाइटेन्सन लाइनले करेन्ट लागेर उनको मृत्यु भएको हो । शव परीक्षणपछि आफन्तको जिम्मा लगाइएको प्रहरीले बताएको छ ।
-रासस

Share.

Comments are closed.

error: Content is protected !!