करेन्ट लागेर डाँगीको मृत्यु

0

तुलसीपुुर, २७ भदौ: करेन्ट लागेर तुलसीपुर उपमहानगरपालिका–८ कट्कुइयाँ निवासी १८ वर्षीय कपिल डाँगीको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

इप्रका तुलसीपुरका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाका अनुसार कुवाबाट पानी तान्ने मोटर जडान गर्दा करेन्ट लागेको हो । आज बिहान ९ बजेतिर उनलाई करेन्ट लागेको थियो । करेन्ट लागेर गम्भीर घाइते भएका डाँगीलाई उपचारका लागि राप्ती अञ्चल अस्पताल तुलसीपुरमा लैजाने क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक सापकोटाले बताउनुभयो ।
-रासस

Share.

Comments are closed.

error: Content is protected !!