कपूर खानदानकी बुहारी बन्न तयार आलिया भट्ट, रणवीरको बुबाको ट्वीटले गर्यो पुष्टि

0

एजेन्सी, अहिले बलिउडमा रणवीर कपूर र आलिया भट्टको समबन्धको बारेमा चर्चा छ । यी दुवै जना करण जोहरको फिल्म ‘ब्रम्हास्त्र’मा एक साथ काम गर्दैछन। उनीहरु फिल्मको सेट बाहेक प्राय : मुभी डेट र डिनर डेटमा देखिन्छन।

हालै मात्र सोनम कपूरको विवाहको रिसेप्सन पार्टीमा एक साथ पुगेर यी दुईले उनीहरुबिचको सम्बन्धको हल्लालाई अझै चर्काएका छन। आलिया भट्टले सोनम कपूरको रिसेप्सनको एउटा फोटो इन्स्टाग्राममा पोष्ट गरेर ‘YES’ लेखेकी थिइन्। त्यसपछि धेरै जनाले भनेका थिए कि आलियाले आफ्नो सम्बन्धको बारेमा मिडियामा आफैँले समाचार छापिन ।

मंगलबार ऋषि कपूरले ट्विट मार्फत भट्ट परिवारलाई धन्यवाद दिएका छन । ऋषि कपूरले ट्विट गर्दै लेखेका छन, “मैले भट्ट परिवारका धेरै बुद्धिमानी मानिसहरु सँग काम गरेको छु। महेश भट्ट, मुकेश भट्ट, रबिन भट्ट, पूर्णिमा जी, सोनी भट्ट, पूजा भट्ट, इमरान हाशमी, आलिया भट्ट सबैलाई धन्यवाद ! ” ऋषि कपूरको उक्त ट्विटले रणवीर र आलियाको बारेमा फैलिएको हल्ला सहि भएको पुष्टि गरेको छ। यस भन्दा पहिला रणवीर कपूरको आमा नितु कपूरले आलियाको फोटोमा कमेन्ट गरेर आफ्नो माया दर्साएकी थिइन्।

Share.

Comments are closed.

error: Content is protected !!