कञ्चनपुरमा महिलामाथि कुटपिट, अनुहारमा तातो घ्यु खन्याई आँखामा औलाले घोचियो

0

महेन्द्रनगर, ३० फागुन: पछिल्लो समय मुलुकमा महिंला हिंसाका घटनामा बृद्धि भएको देखिन्छ । कैलालीमा बोक्सीको आरोपमा महिला माथी निर्घात रुपमा कुटपिट भएको घटनाले एकसाता बित्न नपाउँदै (हिजो) बुधबार कञ्चनपुरमा पनि महिलामाथी निर्घाट कुटपिट भएको घटना सार्वजानीक भएको छ ।

(हिजो) बुधबार बिहान १० बजे भिमदत्त नगरपालीका वार्ड ५ की २४ बर्षिया सोनी चन्दलाई भिमदत्त नगरपालीका १० गड्डाचौकी बस्ने २७ बर्षिय राकेश चन्दले सोनिको घरमै गई कुटपिट गरेको पिडितको भनाई छ ।सोनिमाथी आक्रमणको कारणबारे प्रहरीले तथ्य खुलाएको छैन् । अनुहारमा तातो घ्यू खन्याई आँखामा हातका औलाले घोचेका कारण सोनीको आंखामा गम्भिर चोट लागेको र उनको आखाबाट रगत बगिरहेको अबस्थामा अस्पताल पुर्याईएको थियो। उनलाई उपचारका लागी महेन्द्रनगर आंखा अस्पतालमा ल्याइए पनि आंखाबाट रगत बग्न नरोकिएपछि थप उपचारका लागि कैलालीको गेटा अस्पताल लगिएको छ । सोनी माथी आक्रमण गर्ने राकेश चन्दको खोजी भईरहेको कञ्चनपुर जिल्ला प्रहरीले जानकारी दिएको छ ।

Share.

Comments are closed.

error: Content is protected !!