Monday, May 28

ओठ नै नचलाई यति मिठो गीत गाए प्रतिभाशाली गायक सुरज थापाले, सम्पूर्णलाई दिए यस्तो चुनौती [हेर्नुहोस् भिडियो]

0

पिएनपिखबर, भक्तपुर। भनिन्छ जीवन एउटा संघर्ष हो । सघर्षबीनाको जीवनको कुनै अर्थ छैन । सबैको जीवन संघर्षमय नै हुन्छ खाली मात्रा मात्र फरक । यस्तै संघर्षमय जीवन बोकेका कलाकार हुन् सुरज थापा ।

यथार्थमा भन्ने हो भने जीवन जीउने कला हुनेले सहजै जीवन जीउछ तर कला नहुनेले भने कष्ठपूर्ण जीवन जीउछ । जीवन जीउने कला बोकेर नेपाली सांगीतिक क्षेत्रमा होमिएका सुरज थापाको जीवनकथा अरुको भन्दा भिन्न छ ।

चिसापानी नेपालगन्जमा बस्दै आएका सुरज थापा दैलेख जिल्लामा बुवा मान बहादुर थापा र आमा दिलमाया थापाको कोखबाट २०४३ सालमा जन्मिएका हुन् । परिवारको माहिलो छोराका रुपमा जन्मिएका उनी सानै उमेरदेखी नै संगीतमा रुची राख्थे।

२०६० सालमा काठमाडौं आएर उनी आर आर क्याम्पसमा भर्ना भए। पहिलोपटक उनी बुवालाई थाहा नै नदिई घरबाट भागेर आएकाले आमाले लुकाएर दिएको थोरै पैसाले केहि समय बिताउनुपर्यो । तर त्यो थोरै पैसाले उनको सपना त परै जाओस हात मुख नै जोडन समस्या भयो ।

संंगीतमा लाग्ने सपना बोकेर घरबाट भागेर काठमाडौ आएका उनी पढ्न समेत पैसा नपुगेपछि संगीत यात्रा सहज हुने कुरै भएन ।
कोठा भाडा समेत तिर्न नसक्ने अवस्था आएपछि उनले परिस्थितिसँग निकै संघर्ष गर्नुपर्यो ।

काठमाडौँमा जिविको पार्जनको लागि कहिले कपडा पसलमा भुई र सिसा पुछेँ, कहिले झोला भरी श्याम्पु र क्रिम बोकेर दुनियाँको घर घर गएँ त कहिले रिक्सामा चाउचाउ र चिप्स बोकेर पसल पसल धाएँ। तर ती दु:खका बीच पनि उहाँलाई रुचीको विषय संगीत मोहले भने छाडेन ।

विभिन्न एफ.एम. रेडियोहरुमा हुने संगाीतीक कार्यक्रम तथा प्रतियोगितामा उनी भाग लिन पुगीहाल्थे । एक पटक उनले एच. बिसी एफ.एम को सांगितीक प्रतियोगितामा भाग लिएर प्रथम पुरस्कार स्वरूप १ वर्ष संगीत सिक्ने मौकासमेत पाए ।

केही समयपछि उनी क्यासिनोहरुमा गीत र गजल गाउन सुरु गर्न थाले । त्यो समयमा उनका ग्रजहरु रुपम, रुपेश, आरती र विकासले उनलाई धेरै सहयोग गरेको उनी बताउछन् । गजल अनी क्यासिनोमा गाउने सिलसिला मै उनको भेट तबला वादक केशव खड्कासँग भयो ।

खड्काकै सल्लाहअनुसार सुत्र ब्यान्ड स्थापना गरे । ब्यान्ड स्थापना गरेसँगै उहाँले काठमाडौं लगायत देशका बिभिन्न स्थानमा सांगीतिक कार्यक्रमहरु गर्न थाले । ती कार्यक्रमहरुले सुरजको संगीत यात्रा अलिक सहज बन्न थाल्यो र उनले आफ्नो पहिलो सांगितीक एल्बम क्रन्दन बजारमा ल्याए । क्रन्दन भित्र समावेश बहुला हुँ म बहुला भन्ने गीत निकै चर्चित पनि बन्यो ।

संगीत क्षेत्रमा एल्बम ल्याए पनि त्यतीबेर सिडि बिक्न नसक्दाको पीडा छुट्टै छ । त्यसको खर्च जोड्न नसकेपछि उनी केही समय भारत गएर काम गरे । केही उपाय नलागेपछी उनले विदेश पलायन हुनुपरयो ।

एक वर्ष बहराइन बसेर फर्केपछि फेरि नेपाली संगीतको गोरेटोमा हिंड्न थाले । संगीतमा संघर्षको क्रम जारी राखे । उनले धेरै सांगितीक प्रतियोगिताहरु जस्तै तिम्रो सुर मेरो गीत, बागिना, नेपाल स्टार, नेपाली तारा–२ गर्दै ईण्डियन आइडल–९ को तेस्रो राउन्ड सम्म पनि पुगे । तर सफलता भने कतै हात परेन ।

तर पनि उनले हार नमानी पछील्लो समय नेपाल आइडलमा सहभागी भएर टप ११ मा पुग्न सफल भएका छन् । छोरा लाहुरे बनोस भन्ने बुवाको सपनालाई छोडेर संगीत क्षेत्रमा लागेपछि उनले आमाको भने सधैं हौसला र साथ पाइरहेका छन् ।

क्लासिकल र सुफी गीतहरुमा बडी रुचाईएका थापा निकै सालीन र भद्र स्वभावका छन् । तर भित्री रुपमा भने उनको स्वभाव रोमान्टिक र ठट्टौली किसिमको रहेको नेपाल आइडलमा सहभागी भएर बाहिरिएका अन्य प्रतियोगिहरुले बताउने गरेका छन ।

नेपाल आइडलको टाइटल नपाए पनि सुरज थापा अझै सांगीतिक यात्रामा नै संघर्षरत छन्। उनी बेला बेलामा सुरज थापा नामक आफ्नै युटुब च्यानल मार्फत आफुले गाएको गीत साथै कभर गीत गाएर दर्शक माँझ पस्किरहेका हुन्छन्।

हालसालै ‘लुकि लुकी’ बोलको गीत गाएर उनले सबैलाई चकित पारिदिएका छन्। ओठ चलाएर त सबैले गीत गाउँछन् तर सुरज थापाले ओठ नै नचलाई एकदम मिठो गीत गाएर अपलोड गरेका छन्। उनको गायन शैली निकै प्रशंसाजनक छ।

गायक सुरज थापा नँयापनमा विश्वास गर्छन्। उनले ओठ नचलाई आफुले त गीतकै छन् साथै अरुलाई पनि यसरी नै गाउन च्यालेन्ज समेत गरेका छन्। उनी भन्छन्,’यसरी गाउन ९९ % ले सक्दैनन् नै। ‘ कसैले सके गाएर देखाउने भनेर उनले आफ्नो भिडियोमा मेन्सन गरेका छन्।

हेर्नुहोस् भिडियो :

Share.

Comments are closed.

error: Content is protected !!