Monday, May 28

एसियाकै धनी व्यापारी मुकेश अम्बानीको यस्तो छ दैनिकी

0

एजेन्सी। जो कोहि मानिस धनी बन्न चाहन्छ,तर लगनशिलता र मिहिनतको साथ काम गर्न नसक्दा मानिसले असफलता मात्र पाएका हुन्छन्,काम राम्रो नबन्दा के गर्ने, कसो गर्ने भन्ने कुराले पिरोली रहन्छ । धनी मानिसको बारेमा प्राय मानिसहरु बुझ्न र जान्न चाहन्छन् । भारतकै सबैभन्दा धनी व्यापारी मुकेश अम्बानी हुन् ,उनी विश्वको ३६ औ धनी व्यक्तिमा पर्छन् ।

उनले चढ्ने कार ,सपिङ र घरको कारण उनी बेलाबेलामा चर्चामा आइरहन्छन् । उनको सम्पत्ति १.२४ लाख करोड छ, भने उनको वार्षिक आम्दानी १०, हजार ५ सय ३४ करोड भारतीय रुपैयाँ रहेको छ । उनी एक सेकेण्डमै ३ हजार ३ सय ३३ भारतीय रुपयाँ कमाउँछन् । २७ तले सुविधा सम्पन्न घर भएका उनी निकै व्यस्थ हुन्छन् ।

सन् २०१६मा ‘जियो’ नामको प्रोडक्ट लन्च गरेका थिए । प्रोडक्टमा करिब १६ करोड भन्दा बढी प्रयोगकर्ता पुगिसकेका छन् । रियल स्टेटका मालिक अम्बानीको दैनिक रुटिन यसरी चल्ने गर्छ ।६१ वर्ष उमेर पुगेका अम्बानी बिहान सबेरै र बेलुका अबेर सुत्ने गर्दछन् । उनी बिहान ५ बजे देखी साढे ५ बजे सम्ममा उठ्छन् र रातको १२ बजे मात्र सुत्छन् । बिहान ६ बजेदेखि साढे ७ बजेसम्म उनको दैनिकी जिम र ओर्कआउटमा जाने हो । उनी त्यहि समयमा स्वीमिङ गर्ने,पत्रपत्रिका पढ्ने गर्छन् ।

त्यस्तै बिहान ८ बजेदेखि ९ बजेको बिचमा उनी ब्रेकफास्ट र जुस लिन्छन्, उनलाई नेपाली कुक निकै मनपर्छ, त्यसैले पनि खाना बनाउने उनका नेपाली कुक नै छन् । उनी नास्ताहल्का मात्र लिने गर्दछन्,दहीसहितको दालरोटीे उनलाई मनपर्छ । बिहान ९ देखि १० बजेसम्मको समय उनी अफिस जानको लागी तयार हुने समय हो । उनको डे«स सेतो सर्ट र कालो पेन्ट छ । उनी आफ्नो व्यक्तिगत २१ तलाको अफिसमा गई फाइल तथा ब्याक संकलन गरी सक्छन् । त्यसपछिको बचेको समय उनले आमा र बालबच्चालाई दिन्छन् ।

बिहान ११ बजे अम्बानी कर्पोरेड हेड अफिसमा पुगी सहयोगीले तयार गरेको डेली चेक लिस्ट र मिटिङ सेड्यूलअनुसार काम गर्ने गर्दछन् । उनी आफ्नो कर्मचारीलाई सोमबार आवश्यक निर्देशन दिई चेक लिस्ट हेर्ने गर्छन् बेलाबेलामा उनी अफिसको मिटिङ्ग र बाहिरको मिटिङ्गमा समेत जाने गर्छन् । उनी अफिसमा राती १० बजेसम्म आफ्नो काममा व्यस्त रहन्छन् ।

रातको ११ बजे उनी घर फर्किन्छन्, बेडरुममा पुगेर ड्रेस चेन्ज गरीसकेपछि किचेनमा पुगेर पत्नी निताका साथ डिनर लिई केहिबेर उनी पत्नीसँग दिनभरका कामको बारेमा छलफलका साथ सुत्छन् र बिहान ५ बजेको झिसमिसे सँगै उनी उठ्छन् ।

Share.

Comments are closed.

error: Content is protected !!