एलिसाको बोल्ड सिनमा ‘जाउँ हिड मैच्याङ्ग’ गीतको भिडियो सार्वजनिक

0

काठमाडौँ, ३० पुस : जापानमा रहेर नेपाली साहित्य संगीतमा कलम चलाउदै आएकी रामेछापकी स्मृति मोक्तानको शब्दमा ‘जाउँ हिड मैच्याङ्ग’ सार्वजानिक भएको छ। दर्शन लामाको सुरिलो आवाजमा सजिएको उक्त गीतमा सुसान लामाको संगीत रहेको छ ।

नर्वु शेर्पा द्वारा एरेन्ज गरिएको उक्त गीतको भिडीयो उत्सव दाहालले छायांकन गरेका हुन् भने निराजन प्रधान र चर्चित मोडेल एलिसा राइले स्क्रिन रोमान्स गरेका छन्। युबराज वाइबको निर्देशनमा तयार पारिएको भिडियोलाई निसान घिमिरेले सम्पादन गरेका हुन्। सो म्युजिक भिडियोलाई बुढा सुब्बा म्युजिक प्रा लि ले बजार व्यबस्थापन गरेको छ

यस अघि नै मोक्तानका ‘भन्छौ अरे दुनियालाई’ र ‘तिज गीत’ ले बजारमा अत्याधिक चर्चा बटुली सकेको छ भने केहि गीतहरु रेकर्डिङ्ग कै क्रममा रहेको छ।

हेर्नुस् भिडियो :

Share.

Comments are closed.

error: Content is protected !!