एफबिआईका उपनिर्देशक एन्ड्रयु मकेबद्वारा राजिनामा

0

वासिङ्टन, १६ माघ : संयुक्त राज्य अमेरिकाको संघीय जाँच ब्युरो (एफबिआई) का उपनिर्देशक एन्ड्रयु मकेबले राजिनामा दिनुभएको समाचार छ ।

उहाँ आगामी मार्च महिनामा सेवानिवृत्त हुदै हुनुुहुन्छ । उहाँले सो अवधिसम्मकै लागि अर्थात् दुई महिना लामो बिदा लिनुभएको छ । त्यसपछि उहाँ स्वतह अवकाश हुनुहुनेछ ।

दुई महिनाको लागि जिम्मेवारी छाडेका उहाँ त्यसलगत्तै सेवानिवृत्त हुनुहुने भएकोले यसलाई उहाँले पदबाट राजिनामा दिनुभएको समाचारका रुपमा लिइएको जनाइएको छ ।

गएका केही महिनायतादेखि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले मकेबले नै आफूमाथि राजनीतिक पूर्वाग्रहको आरोप लगाउनुभएको थियो । उहाँले ट्वीटगर्दै मकेबले राजिनामा दिनुपर्ने बताउनुभएको थियो ।

आउँदो मार्च महिनामा कार्यकाल समाप्त हुनलागेका मकेबलाई अमेरिकी राष्ट्रपति ट्रम्पले नै पद छाड्न वाध्य पारेको अमेरिकी सञ्चारले जनाएका छन् ।

राष्ट्रपति ट्रम्पले एक साता अघिमात्र पनि सार्वजनिक रुपमा नै मकेबलाई पद छाड्न भन्नुभएको थियो । राष्ट्रपति ट्रम्पले गत मे महिनामा एफबिआइका तत्कालिन निर्देशक जेम्स कोमीलाई पदबाट बर्खास्त गर्नुभएको थियो ।

त्यसयता मकेबले नै कार्यवाहक निर्देशकको रुपमा रहेर काम गर्नुभएको थियो । सन् २०१६ को अमेरिकी राष्ट्रपतीय चुनावमा रुसले हस्तक्षेप गरेको भन्ने आरोपहरुबारेमा मकेबले छानबिन गरिरहनुभएको थियो ।

उक्त निर्वाचनमा रुसले हस्तक्षेप गरेको भनी आउने समाचारहरुको राष्ट्रपति ट्रम्पले सधैँ खण्डन गर्ने गर्नुभएको छ । उहाँमाथि यस विषयमा थप सोधपुछ गरिने बताइएको थियो । (रासस÷सिन्ह्वा)

Share.

Comments are closed.

error: Content is protected !!