एक चिम्टी नुनले बनाउन सक्छ तपाईलाई मालामाल, यस्तो भन्छ वास्तु विज्ञान

0

पिएनपिखबर, भक्तपुर : नुनको प्रयोगले जसरी खानालाई मिठो बनाउँछ त्यसैगरी नुनले पनि तपाईको जीवनलाई मसलादार बनाउँन सक्छ भनेर वास्तु विज्ञानमा बताइएको छ। वास्तु विज्ञानको अनुसार नुनमा गजबको शक्ति हुन्छ जुन तपाईको घरमा सकरात्मक उर्जा मात्र नदिई घरमा सुख र समृद्धि पनि बढाउँन सक्छ। तर यसको लागि मात्र खानामा नुन हाल्नु मात्र नभई काममा पनि नुनको प्रयोग गर्नुपर्दछ।

नुनको प्रयोग जब देखि खानामा प्रयोग हुन थाल्यो तब देखि नै नुनलाई नकारात्मक उर्जा हटाउने वस्तु पनि मानिन्थ्यो। यसकारण नुनको प्रयोग कालो नजर, दोष उतार्नलाई पनि प्रयोग गरिन्छ। यदि परिवारकै सदस्यको नजर लागेको जस्तो तपाईलाई लाग्छ भने एक चिम्टी नुन लिएर तीनपटक त्यस सदस्यको माथि घुमाएर फ्याक्नुहोस। भनिन्छ यसले नजरको दोष खतम हुन्छ।

यस्ता छन् विधि :

१. वास्तु विज्ञानको अनुसार सिसाको कचौरा अथवा कपमा नुन भरेर शौचालय र नुहाउने बाथरुममा राख्नाले वास्तु दोष हट्दछ। सिसाको भाँडोमा नुन भरेर घरको कुनामा राख्नाले पनि घरमा सकारात्मक उर्जाको संचार हुने गर्छ।

२. राहु, केतुको दशा चलिरहेको छ भने जब मनमा नराम्रो खालको विचार आउंछ वा डर पैदा हुन्छ तब यो प्रयोगले धेरै लाभ दिन्छ।

३. ढिक्का वाला नुन रातो कपडामा बाँधेर घरको मुख्यद्वारमा झुण्डयाउनाले नराम्रो तागत घरमा प्रवेश गर्न सक्दैन। कारोबारको उन्नतिको लागि आफ्नो व्यापारिक प्रतिष्ठानको मुख्यद्वार र दराजको माथि झुन्ड्याउनु लाभदायिक हुन्छ।

४. रातको समय पानीमा एक चिम्टी नुन मिलाएर हात खुट्टा धुनाले तनाब हट्छ र निन्द्र राम्ररी लाग्छ। राहु र केतुको अशुभ प्रभाव पनि यसले हट्ने गर्छ।

५. घरमा सकारात्मक उर्जाको वृद्धिको लागि रक साल्ट ल्याम्प राख्न सक्नुहुन्छ। जसले पारिवारिक जीवनमा आपसी तालमेलको साथै सुख समृद्धि बढाउन मद्दत गर्छ। स्वास्थ्य सम्बन्धि सबै प्रकारको रोग निवारणमा मद्दत पुर्याउछ।

६. घरको खुशी बच्चाको कारणबाट हुने गर्छ। बच्चा बिरामी भएको छ भने पुरा घरलाई समस्या हुन्छ। आफ्नो यस खुशीलाई सधै बनाईराख्न हफ्तामा एक दिन पानीमा एक चिम्टी नुन हालेर बच्चालाई नुहईदिनुहोस यसले बच्चालाई नजर लाग्दैन र स्वास्थ्य सम्बन्धी समस्या पनि कम हुन्छ।

Share.

Comments are closed.

error: Content is protected !!