ऋतिकले करिनाकी सौतेनी छोरी सारालाई रोजेपछि तात्यो बलिउड

0

एजेन्सी : बलिउड यो समय अभिनेत्रीको अभावमा जुधिरहेको छ । प्रियंका चोपडा हलिउडमा व्यस्त छिन् । दीपिका पादुकोण प्रायः भन्सालीको फिल्मका लागि बढी समय दिइरहेकी छिन् ।

आमा बनेपछि करिना कपुर खानले फिल्मलाई कम समय दिएकी छिन् । क्याट्रिना कैफ र अनुष्का शर्माले कति फिल्म भ्याउनु ? यसै कारण हुन सक्छ, ऋतिक रोशनले आगामी फिल्मका लागि स्थापित अभिनेत्री छाडेर नयाँलाई रोजेका छन् ।‘सुपर ३०’का लागि उनले साराअली खानलाई रोजेका छन् ।

निर्देशक विकास बहलले अभिनेत्रीबारे सुझाब माग्दा उनले साराको नाम अगाडि सारेका हुन् । उनी अभिनेता सैफअली खान र अमृता सिंहकी छोरी हुन् । हाल उनी अभिषेक कपुरको फिल्म ‘केदारनाथ’ गरिरहेकी छिन् । ४४ वर्षका रितिकभन्दा सारा १९ वर्ष कान्छी छिन् ।
-नया पत्रिका

Share.

Comments are closed.

error: Content is protected !!