उर्लाबारी सडक खन्ड अन्तर्गत डाईनिया बजारमा भयानक दुर्घटना ! ट्रकले स्कुटरलाई ठक्कर दिँदा बृद्वको घटनास्थलमै गयो ज्यान [फोटो सहित]

0

रबिन्द्र बराल,
रंगेली, माेरङ, ३० पुस : माेरङकाे सुनवर्सि नगरपालिका ६ स्थित बिराटनगर उर्लाबारी सडक खन्ड अन्तर्गत भयानक दुर्घटना भएको छ । डाईनिया बजारमा अाईतबार अपरनन्ह ४ बजे अानन्द ईट्टा भट्टाबाट ईट्टा लाेड गरेर पश्चिमबाट पुर्व तर्फ जाँदै गरेकाे ट्रकले ठक्कर दिँदा एक वृद्वकाे मृत्यु भएको छ । मृत्यु हुनेमा सुन्वर्सि नगरपालिका ६ घर भएका बर्ष ६५ का राम प्रसाद साह रहेका छन।

काे१ख ५८१६ नम्बरको ट्रकले साेहि दिशा तर्फ जाँदै गरेको काे २८ प ६३२६ नम्बरको स्कुटरलाई ठक्कर दिँदा साहकाे घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीको अनुसार ट्रक चालक फरार रहेको हुनाले खाेजिकार्य जारी रहेको छ भने उक्त स्थानमा यातायातका साधनहरु चल्न सकेका छैनन् । उक्त लास बाटाेमै राखेर प्रदर्शन गरिरहेका छन । (समचार तयार पार्दा सम्म)

Share.

Comments are closed.

error: Content is protected !!