उपराष्ट्रपति ‘चिल्ड्रेन गेम्स’को च्याम्पियनमा कास्की

0

पोखरा, ८ जेठ : प्रदेश नं ४ स्तरीय उपराष्ट्रपति चिल्ड्रेन गेम्स प्रतियोगितामा कास्की जिल्ला च्याम्पियन बनेको छ ।

पश्चिमाञ्चल क्षेत्रीय खेलकूद विकास समितिद्वारा पोखरा रंगशालामा आयोजित उक्त प्रतियोगितामा कास्कीले कुल १६ स्वर्ण, दुई रजत र तीन काश्य पदक जितेर च्याम्पियन बनेको हो ।

कास्कीले करातेमा सात स्वर्ण र एक काश्य, तेक्वान्दोमा छ स्वर्ण, उशुमा तीन स्वर्ण, एक रजत र दुई काश्य तथा एथलेटिक्सतर्पm एक रजत जितेका हुन् ।

प्रतियोगितामा स्याङ्जाले छ स्वर्ण, एक रजत र एक काश्यसहित दोस्रो बन्न सफल भएको थियो भने बागलुङ तीन स्वर्ण, छ काश्य र दुई रजतसहित तेस्रो भएको क्षेत्रीय खेलकूद विकास समितिका अध्यक्ष खगराज पौडेलले जानकारी दिनुभयो ।

प्रतियोगिताको उद्घाटन गर्दै प्रदेश नं ४ का आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले खेलकूद क्षेत्रको विकासका लागि प्रदेश सरकार प्रतिवद्ध रहेको जानकारी दिनुभयो ।

प्रतियोगिताले यही जेठ १० र ११ गते काठमाडौँमा हुने केन्द्रीयस्तरीय चिल्डे«न गेम्सका लागि एथ्लेटिक्स, कराते, तेक्वान्दो र उसु खेलका ४६ खेलाडीलाई छनोटसमेत गरिएको छ ।

एकदिने प्रतियोगितामा प्रदेश नं ४ अन्तर्गत ११ जिल्लाका विभिन्न विद्यालयका कक्षा ६, ७ र ८ मा अध्ययनरत करिब २१२ विद्यार्थी र ४५ अफिसियल गरी २५७ जनाको सहभागिता थियो ।रासस

Share.

Comments are closed.

error: Content is protected !!