उपचारत नायिका सोनालीलाई बिजेपी नेताले ‘हार्दिक श्रद्धान्जली’ भनेपछि

0

एजेन्सी : बलिउड अभिनेत्री सोनाली बेंद्रे अमेरीकाको न्यूयोर्कस्थीत अस्पतालमा क्यान्सरको उपचार गरि रहेकी छिन् । उपचारमा रहेकी सोनालीलाई भारतीय बीजेपी बिधायक नेता राम कदमले ट्विटर मार्फत दिएको एक सन्देशले यतिखेर चौतर्फी आलोचना खेप्नुपरेको छ ।

बीजेपी विधायक रामले सोनाली बेन्द्रेलाई ट्विटरमा श्रद्धान्जली दिए पछि एक विधयक जस्तो जिम्मेवार पदमा बसेको मान्छेले जिउँदै मान्छेलाई श्रद्धान्जली दिएको भन्दै सामाजिक संजालमा आलोचना गरेका छन् । उनलाई जिवित मान्छेलाई मरेको भन्दै अफवाह फैलाएको भन्दै सर्वसाधारणले रोष प्रकट गरेका छन् । सामाजिक संजाल प्रयोगकर्ताहरुले राम कदमको ट्रोल बनाएर तपाई गलत हल्ला गर्दैहुनुन्छ भनेका छन् ।

आलोचनापछि राम कदमले आफ्नो ट्वीट प्रति माफि माग्दै ट्वीट हटाएका छन् ।उनले सोनाली एक राम्रो अभिनेत्री हुन् भन्दै उनको शिघ्र स्वास्थ्य लाभको कामना समेत गरेका छन् । ट्विटर पछि सोनालिका साथीहरु उनलाई भेट्न अस्पतालमा घेरीएका थिए ।

Share.

Comments are closed.

error: Content is protected !!