उन्नाइस वर्षमुनिको एकदिवसीय क्रिकेट शृङ्खला : भारतसँग खेल्दै

0

काठमाडौँ, २८ भदौ : भारतमा जारी उन्नाइस वर्षमुनि यु–१९०को एकदिवसीय क्रिकेट शृङ्खलाअन्तर्गत नेपाली युवा टोलीले आफ्नो दोस्रो खेल भारत ‘ए’ टोलीसँग खेल्दैछ ।

भारतीय क्रिकेट बोर्डको निमन्त्रणामा भएको उक्त एकदिवसीय शृङ्खलाअन्गर्ततको आफ्नो दोस्रो खेलमा नेपालले विजय लक्ष्यसाथ भारतको ‘ए’ टोलीसँग भोलि शुक्रबार प्रतिस्पर्धा गर्दैछ । खेल भारतको लखनउस्थित एकाना अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ । हिजो बुधबार भएको पहिलो खेलमा नेपाल भारतको बी टोलीसँग ४० रनले पराजित भएको थियो । आगामी असोज १३ गतेदेखि बङ्गलादेशमा हुने यू–१९ एशिया कपको तयारीका रुपमा उक्त प्रतियोगितालाई हेरिएको छ ।

नेपाली टोलीमा आसिफ शेख ९कप्तान०, तृतराज दास, रवी शाह, विपीन रावल, लोकेश बम, रित गौतम, पवन सर्राफ, किशोर महतो, रसिद खान, भीम शार्की, कमलसिंह ऐरी, सन्दीप जोरा, सागर ढकाल, अरुण ऐरी र सम्साद आलम छन् ।

टोलीको मुख्य प्रशिक्षक विनोद दास, सहायक प्रशिक्षक मनोज कुटुवाल र टिम म्यानेजरमा शक्तिप्रसाद गौचन रहेका छन् । प्रतियोगितामा भारत, भारतकै नेशनल क्रिकेट एकेडेमी र अफगानिस्तानको यु–१९ टोलीको सहभागिता रहेको छ ।
–रासस

Share.

Comments are closed.

error: Content is protected !!