उत्तर कोरियाले पारमाणविक उत्पादन तथा परीक्षणस्थल नष्टगर्ने

0

दक्षिण कोरियाली र अन्य केही देशका पत्रकार उत्तर कोरिया जाँदै

सोल, ९ जेठ : दक्षिण कोरियाका आठजना पत्रकार समाचार सङ्कलनको लागि बुधबार दक्षिण कोरिया जान लागेका छन् ।

उत्तर कोरियाले बुधबार आणविक क्षेप्यास्त्र उत्पादन केन्द्र नष्ट गर्ने जनाएकोले सो समाचार सङ्कलनका लागि ती पत्रकारहरु उत्तर कोरिया जान लागेको बताएका छन् ।

अघिल्लो बुधबार बस्ने भनिएको यी दुई देशको बैठक बस्न नसकिरहेका बेला उत्तर कोरियाले भने दक्षिण कोरियाली पत्रकारलाई समाचारका लागि नै आमन्त्रण गरेको जनाइएको छ ।

हाल सोलमा जारी रहेको भनिएको दक्षिण कोरिया र अमेरिकाको संयुक्त सैनिक अभ्यासको निहुँ पारेर उत्तर कोरियाले कुनै पनि बैठकको अगुवाइ गरेको छैन । दुई कोरियाबीच प्रायः हुने गरेका द्विपक्षीय बैठकहरु पनि पछिल्लो समयमा आएर ठप्प भएका छन् ।

दक्षिण कोरियाको सरकारका प्रवक्ताले दिएको जानकारी अनुसार ती आठजना पत्रकार उत्तर कोरिया सरकारको आमन्त्रणमा त्यहाँ जान लागेका हुन् ।

उनीहरु बुधबारै मध्यमन्ह त्यसतर्फ जानेछन् । प्राप्त समाचारअनुसार ती पत्रकारले दक्षिण कोरियाले नष्ट गर्न लागेको भनिएको आणविक क्षेप्यास्त्र उत्पादन तथा परीक्षणस्थलको अवलोकन गरी सो नष्ट गरिएको पक्रियाको बारेमा समाचार संकलन र सम्प्रेषण गर्नेछन् ।

यो प्रक्रियाको समाचार सङ्कलनका लागि दक्षिण कोरियाली पत्रकारलाई आफ्नो देशमा अनुमति रहेको कुरा उत्तर कोरियाले अन्तिम समयमा आएर बताएको थियो ।

यसअघि उसले उक्त आणविक उत्पादन नष्ट गरिने प्रक्रियाको समाचार सङ्कलनका लागि गत महिना नै उनीहरुलाई आमन्त्रण गरेको थियो ।

त्यसैगरी उत्तर कोरियाले चीन, अमेरिका, रुस र बेलायतका पत्रकारलाई पनि उक्त घटनाको समाचार सङ्कलन र सम्प्रेषणको लागि बोलाएको छ ।

तर ती देशबाट के कति पत्रकार त्यहाँ जाँदैछन् भन्ने बारेमा भने केही बताइएको छैन । तर सोलबाट प्राप्त समाचारमा ती पत्रकार बुधबार नै प्योङ्याङ् पुग्नेछन् ।

गत अप्रिलमा भएको दुई कोरियाको एक ऐतिहासिक शान्ति सम्झौताबमोजिम उत्तर कोरियाले आणविक उत्पादन तथा परीक्षणको काम नगर्ने र ती उत्पादन र परीक्षणस्थल नै नष्ट गर्ने जनाएको थियो ।

यसरी नष्ट गर्ने प्रक्रियालाई पारदर्शी बनाउने र ती नष्टगर्ने कार्यक्रममा विदेशी पत्रकारलाई पनि बोलाइने सार्वजनिक जानकारी उत्तर कोरियाले गत महिनामात्र सार्वजनिक गरेको थियो ।

दुई कोरियाबीच गएको अप्रिल २७ मा अहिलेसम्मकै सबैभन्दा उच्चस्तरीय बैठक बसेको र त्यसपछि शान्ति सम्झौता भएको थियो । त्यसयता यी दुई कोरियाबीच विभिन्न समयमा उच्चस्तरका बैठक बस्दै आएका थिए ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच आगामी जुन १२ मा सिंगापुरमा उच्चस्तरीय बैठक हुन लागेको मितिको घोषणा यसअघि नै गरिएको छ ।

तर पछिल्ला केही दिनयता उत्तर कोरियाले सोलमा जारी सैन्य अभ्यास नरोक्ने हो भने अमेरिकासँग पनि वार्तामा नबस्ने बताएको थियो ।

को यो चेतावनीपछि अमेरिकाको तर्फबाट भने कुनै प्रतिक्रिया आएको छैन । अमेरिकाले भने आफ्नोतर्फबाट उक्त वार्ताको तयारी गरिरहेको जानकारी दिएको छ ।

उत्तर कोरियाले यी आणविक उत्पादन तथा परीक्षणस्थल नष्ट गर्न लागेको कार्यको विश्वव्यापीरुपमा सकारात्मक काम भनी प्रसंशा गरिएको बताइएको छ । रासस÷सिन्ह्वा

Share.

Comments are closed.

error: Content is protected !!